“नेपाल : अध्यात्म, साधना र संस्कृतिको भूमि”
वि.सं.२०८२ भदौ १२ बिहीवार ११:०८
shares

बंशीकुमार शर्मा
नेपाल, एउटा यस्तो देश हो जहाँ देवत्व धर्तीमा टेकेको अनुभव हुन्छ। हिमालयका काखमा फैलिएको, वैदिक ऋषिमुनिहरूको तपोभूमि, बौद्ध दर्शनको जन्मस्थल, किराँत बोन धर्मलम्वीको पबित्र भूमि अध्यात्म, सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यको जिवन्त संगम हो । यहाँ हरेक पाइलामा शान्ति, परम्परा र सदभावनाको उज्यालो भूमि जाँहा अध्यात्म, आकर्षणको केन्द्र हो । नेपाल, विश्वको एक सानो तर समृद्ध राष्ट्र हो । यहाँ हिमालको काखमा बसेको शान्त सौन्दर्य, सांस्कृतिक वैभव, र अध्यात्मिक गहिराइ एकआपसमा समाहित छन् । प्रकृतिको अनुपम उपहारले भरिएको यो पुण्य भूमि केवल भौगोलिक दृष्टिले मात्र नभई मानवीय चेतनाको उचाइबाट पनि विशिष्ट छ । नेपाल साँचिकै ‘अध्यात्म, आकर्षण र अवसरको उज्यालो भूमि’ हो । नेपाल सनातनीहरुकोकेन्द्रस्थल हो ।
विश्वका प्राचीनतम धार्मिक परम्पराहरू हिन्र्दू , बौद्ध, किराँत, बोनधर्म लगाएत सनातनीहरुको उदगमस्थल हो । लुम्बिनी, भगवान बुद्धको जन्म भयो, आज विश्वभरका लाखौं मानिसको लागि आस्थाको केन्द्र बनेको छ । यस्तै, पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधाम, स्वयम्भूनाथ, बौद्धनाथ, वैजनाथ, वढिमालिका लगायतका स्थलहरूले नेपालको आध्यात्मिक गरिमा उजागर गर्छन् । यस्ता पवित्र स्थलहरूले नेपाललाई अध्यात्मको केन्द्र बनाएका छन् । नेपालको पुण्य भूमिमा सिद्ध पुरुषहरु,साधान गर्ने साधानरत महापुरुषहरु, साधु सन्तहरुको आकर्षणको भूमि हो । यहि भूमिमा वसेर ऋषी महर्षिहरुले लोक कल्यानको लागि ग्रन्थहरु रचना गर्नुभयो । कयौ साधानरत सिद्ध पुरुषहरुले धर्मको ज्ञान दिईरहनु भएको छ । त्यसैले यहाँको धर्तीमा देवत्व टेकेको अनुभव हुन्छ । लुम्बिनीमा भगवान बुद्धको जन्म, पशुपतिनाथमा शिवको आराधना, मुक्तिनाथमा मोक्ष प्राप्तिको विश्वास, जनकपुरधाममा सीता–रामको स्मृति, स्वयम्भू र बौद्धनाथमा गहिरो बौद्ध साधना यी सबै तीर्थस्थलले नेपाललाई विश्व आध्यात्मिक नक्सामा अग्रपंक्तिमा राखेका छन् ।
नेपालको भूमि सधैं ऋषि–महर्षिहरू, सिद्धपुरुष, साधु–सन्त र योगीहरूको साधनास्थल बनेको छ । आज पनि यिनै महापुरुषहरूले समाजलाई धर्म, ज्ञान र सेवा प्रदान गरिरहेका छन्।यहाँका हरेक पर्व, पूजा महोत्सवमा आस्था र भक्ति झल्किन्छ। दशैं, तिहार, तीज, छठ, ल्होसार, योमरी पूर्णिमा जस्ता चाडपर्वहरूले नेपाली जीवनलाई नियम, संयम र समर्पणसँग जोडेका छन् । अनादिकालदेखि ध्यान, योग र साधनाको अभ्यास चलिआएको छ। आज यो अभ्यासले नेपाललाई पश्चिमी जगतका लागि पनि एक आकर्षक आध्यात्मिक गन्तव्य बनाएको छ । नेपालको भौगोलिक विविधता र प्राकृतिक सुन्दरता संसारकै अनुपम छ । सगरमाथा (ःयगलत भ्खभचभकत) लगायत आठवटा आठहजार मिटरभन्दा अग्ला हिमशृंखला, अन्नपूर्णा पदमार्ग, चितवन राष्ट्रिय निकुञ्ज, पोखराको फेवा ताल, बर्दियाको जंगली सौन्दर्य यी सबैले पर्यटकलाई लोभ्याउँछन् । त्यसैगरी, काठमान्डौं उपत्यकाका दरबार, मठमन्दिरहरू, विश्व सम्पदा सूचिमा सुचीकृत स्थलहरू, नेवार संस्कृति, लोककला र वास्तुकलाले पनि ऐतिहासिक र सांस्कृतिक दृष्टिकोणले गहिरो आकर्षण सिर्जना गरेका छन् । नेपाललाई केवल नक्सामा कोरिएका हिमाल पहाड र तराईले मात्र वुझन सकिदैन यो त हजारौं वर्षको साधना, ध्यान र तपस्याले निर्माण भएको तपोभूमि हो।नेपाल सधैं ऋषि–महर्षि, सिद्धपुरुष र योगीहरूको साधनास्थल बनेको छ। उनीहरूले यहाँ ग्रन्थ रचना गरे, मन्त्र उच्चारण गरे, र लोककल्याणको लागि आफ्नो जीवन समर्पण गरे। यहीँबाट फैलिएको ज्ञान र चेतनाले मानवतालाई उज्यालो बनाएको छ।
ध्यान, योग र साधनाको अभ्यास यहाँ केवल अभ्यास मात्र होइन, आत्म–खोजको यात्रा हो । यही यात्राले नेपाललाई पश्चिमी जगतका लागि पनि एउटा आध्यात्मिक आश्रय बनाएका हो ।
हरेक पर्वत, हरेक खोला, हरेक संस्कृतिले सन्देश दिईरहेका छन् । नेपाल केवल एउटा भूगोल होइन, यो मानव चेतना, प्रकृति र सम्भावनाको अद्भुत संगम हो।आध्यात्मिक शान्तिको खोजमा निस्किनेहरूका लागि यो पवित्र भूमि हो।सौन्दर्यको खोजमा हिँड्नेहरूका लागि यो स्वर्ग हो र नयाँ सम्भावना खोज्नेहरूका लागि यो अवसरको उज्यालो हो। सिद्धी प्राप्त गर्नेको लागि तपोभूमि हो । सिद्धी प्राप्त गरेका महापुरुषहरुले यहाँका वासीहरुलाई बिभिन्न माध्यमबाट सेवा दिईरहनु भएको छ भने समाजकल्यानमा आफनो जीवन अर्पन गरिरहनु भएको छ । यहाँ बसोवास गर्ने मानिसको जीवनशैलीमा धर्म, संस्कार, र साधनाको गहिरो प्रभाव देखिन्छ ।
नेपाल आज विकास र सम्भावनाका दिशातर्फ अग्रसर हुँदैछ । पर्यटन, कृषि, जलविद्युत्, सूचना प्रविधि र सेवा क्षेत्रहरूमा नेपालमा अपार सम्भावना रहेको छ । यिनै सम्भावनाहरूले देशको आर्थिक विकासलाई द्रुत गतिमा लैजाने आधार बनिरहेका छन् । नेपाल केवल एक भौगोलिक स्थान होइन; यो मानव चेतना, प्रकृति र सम्भावनाको संगम हो । अध्यात्मिक शान्ति खोज्नेका लागि, सौन्दर्यको खोजी गर्नेका लागि नेपाल साँचिकै एक उज्यालो भूमि हो । यो राष्ट्रले विश्वलाई दिन सक्ने सन्देश स्पष्ट छः “शान्तिको र अध्यात्मको चेतना” ।, नेपाललाई हेर्दा एउटा चस्माबाट मात्र हेर्ने देश होइन । यो अध्यात्मको गहिराइ, सौन्दर्यको विविधता, र सम्भावनाको उज्यालो संगम हो । धार्मिक शान्तिका खोजीमा निस्किनेहरूका लागि नेपाल एक पबित्र भूमि हो; सांस्कृतिक अनुभव र प्रकृति पारखीहरूका लागि एक स्वर्ग हो; र लगानी, व्यवसाय वा नव प्रवर्तन गर्न चाहनेका लागि अवसरको भूमि हो ।यसैले, नेपालले विश्वलाई “शान्ति र अध्यात्मको चेतना दिन सक्छ ”।

































