जेन जीको नाममा धम्क्याउदै हिँड्ने अर्जुन शाही पक्राउ
वि.सं.२०८२ असोज ३० बिहीवार ०८:३८
shares

काठमाडौं। जेनजीको नाममा धम्क्याउँदै हिँड्ने अर्जुन शाही पक्राउ परेका छन् ।
उनले विभिन्न सरकारी कार्यालयमा गएर जेनजीको नाम लिँदै धम्क्याएको खुलेको थियो । उनलाई प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको हो ।अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ घर भएका २६ वर्षीय शाहीको टोलीले नागरिक उड्ययन प्राधिकरण, वायुसेवा निगमदेखि अख्तियारको केन्द्रीय कार्यालयमा पुगेर ज्ञापन पत्रको नाममा त्यहाँको नेतृत्वलाई धम्क्याएको थियो ।
उनी यसअघि पनि विभिन्न अभियोग लागेर फरार सूचीमा रहेका थिए ।



































