सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सत्ता फेरियो, प्रवृत्ति अझ कडा

जेन–जीहरुको विरोध प्रदर्शनमा सहभागि भएकै कारण कार्की प्रधानमन्त्री, जेन–जीहरुलाई विश्वासघात

884
shares

 

काठमाडौ । गत २३ गते जेन–जीहरुले गरेको विरोध प्रदर्शनमा घुसपैठ भएको विस्तारै खुल्दै गएको छ । जेन–जीहरुले उठाएका माग मध्येका दुई वटा भ्रष्टाचार नियन्त्रण र सुशासन माग थिए । तर भाद्र २३ गते नै प्रदर्शनकारीहरु माथि गोली चल्यो । गोली चलाउनुपर्ने अवस्था कसरी सिर्जना भयो भन्ने रहस्य विस्तारै खुल्दै जानेछ । भाद्र २३ गते गोली चलेपछि त्यसको फाइदा उठाउने केही व्यक्तिहरु सक्रिय रहने सम्भावनालाई सुरक्षा निकायले आंकलन गरेर प्रर्याप्त सुरक्षा व्यवस्था मिलाउन नसकेै कारण भाद्र २४ गते सरकारी भवनहरुमा आगजनी भयो ।
भाद्र २३ गते गोली लागेर काठमाडौमा १७ जना र इटहरमिा २ जनाको निधन पश्चात् मुलुकभर विरोध र आगजनीका काण्डहरु भए । भाद्र २४ गते हालकी प्रधानमन्त्री एवं सर्बोच्च अदालतकी पूर्व प्रधानन्यायाधिश सुशिला कार्की बानेश्वर पुगेर अघिल्लो दिन भएको गोली काण्डको विरोध गर्न प्रर्दशन कारीहरुलाई आग्रह गरिरहेका (कान्तिपुर दैनिक कार्तिक २ गते)को पत्रिमा उल्लेख गरिएको हुनाले सुशिला कार्की १ मिनेट पनि प्रधानमन्त्री पदमा बस्न मिल्दैन ।
प्रधान्यायाधिश भै सकेको मानिस किन प्रधानन्यायाधिश भैसकेका र के उदेश्यले भाद्र २४ गतेको विरोध प्रदर्शनमा सहभागि भईन् ? उनी राजनीतिक व्यक्ति होइनन् । विश्वमा प्रधानन्यायाधिश भईसेका मानिसलाई उच्च सम्मान दिइने गरिएका छ ? तर सुशिला कार्की विरोध प्रदर्शनलाई अरु उग्र बनाउन बानेश्वर पुगेर प्रदर्शनकारीहरुलाई विरोध गर्न आग्रह गरिरहेकी हुनाले उनी १ मिनेट पनि प्रधानमन्त्रीको पदमा बस्न योग्य रहेकी छैनन् ।
भाद्र २४ गते भएको सिंहदरबा, संसद भवन, सर्बोच्च अदालत, राष्ट्रपति कार्यालय, प्रधानमन्त्रीको सरकारी निवास, जिल्ला अदालत, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विशेष अदालत र व्यवासाियक भवनहरु आगजनी गरिएको थियो । सो आगजनी हुनुमा कतै विभिन्न अपराधमा संलगन रहेका र सोही दिन विरोध प्रदर्शनकारीहरुले रास्वपा सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट निकालेका थिए । लामिछानेसँगै सयौँ कैदीबन्दीहरु जेलबाट भागेका थिए । रविलाई जेलमुक्त गर्न रास्वपाका नेता मनिष झा लगायतका नेताहरुले जेल बाहिर पुगेर उग्र भाषण गरेपछि प्रदर्शनकारीहरुले जेलमा आक्रमण गरी रवि सहितका कैदीबन्दीहरुलाई भगाएका थिए । यी सबै कार्यहरुले सुनियोजित रहेको अहिले विस्तारै भेद खुल्दै गएको छ । त्यसैको प्रमाण हो सुशिला कार्की आन्दोलनकारीहरु सामू उपस्थित भएर गोली काण्डको विरोध गर्न आन्दोलनकारीहरुलाई उक्साउनु ।
भाद्र २३ र २४ गते भएको अप्रिय घटना एकदिनमा भएको होइन । मुलुकभरमै सो दिन आगजनी, लुटपाट, तोडफोड भएको छ । त्यही कारणले गर्दा यी काण्डहरुको सत्यतथ्य छानविन गरी अपराधमा संलग्न भएका जोसुकै हुन उनीहरुमाथि कानुनी कारबाही हुनुपर्दछ । कार्की आयोगले यो विषयमा छानविन र अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन गठन गरेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले निष्पक्ष छानविन गर्न नसक्ने र आन्दोलनमा बानेश्वर पुगेर विरोध गर्न निर्देशन दिने सुशिला कार्कीलाई बयान लिन समेत नसक्ने भएकाले सो गौरीबहादुर कार्की आयोगले तत्कालिन प्रधानमन्त्री ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकलाई दोषी देखाउने पक्कापक्की भएकाले गौरीबहादुर कार्की आयोग विघटन गरी राष्ट्रपति कार्यालयले नै अर्को आयोग बनाउनुपर्ने आवश्यकता देखिएको छ ।
विश्वका प्राय सबै जसो मुलुकहरुमा प्रधानन्यायाधिस रहिसकका व्यक्तिहरुलाई सम्मान गर्ने गरिएको छ । उनीहरु राजनीतिबाट अलग रहेर निर्णयहरु दिने गरेकाले उनीहरुलाई सम्मान गर्ने गरिएको हो । तर, हाम्रा राजनीति दलहरुले प्रधानन्यायाधिश रहिरहेका व्यक्ति खिलराज रेग्मीलाई मन्त्रिपरिषद्ले अध्यक्ष बनाएर राजनीतिमा प्रधानन्यायाधिशलाई राजनीतिकरण गरेकै कारण सुशिला कार्की समेत प्रधानमन्त्री बन्न पाएकी हुन् ।
जेन–जीको भाद्र २३ गतेको विरोध प्रदर्शनमा प्रदर्शनकारीलाई पानी बाँड्ने कार्यमा सक्रिय भएका सुदन गुरुङले आफैँ उद्घोष गरेका थिए । तर २३ र २४ गतेको घटनामाग गुरुङको संस्था हामी नेपाली नै विरोध प्रदर्शनपछि हर्ताकर्ता बन्न पुग्यो । काठमाडौ महानगरपालिकाका मेयर बालेन साह अध्यारो कोठामा बसेर जेन–जीहरुलाई निर्देशन दिइरहेका थिए । उनले केही महिना अघि नै सिंहदरबारमा आगो लगाईदिन्छु भन्ने अभिव्यक्ति समेत स्टाटसमार्फत दिएका थिए । त्यसबेला उनीमाथि कारबाही भएको भए अहिले यस्तो अप्रिय घटना नै घट्ने थिएन कि ?
प्रदर्शनकारीलाई पानी बाँड्ने मान्छे २४ गतेको आगजनी काण्डपछि आफैँ जेन–जीहरुका नेता बनेर उनैको र साहको सिफारिसमा प्रधानमन्त्री बन्न सफल भएकी सुशिला कार्कीले जेन–जीहरुलाई घात गरेकी छन् । जेन–जीहरुको मागसम्म उनले सम्बोधन गर्न सकेकी छैनन् । त्यसैले भन्न सकिन्छ आन्दोलनपछि पनि कार्की सरकार पहिलाकै सत्ता जस्तो रहेको छ मानिसमात्र फेरिएका हुन् सत्ताको रुप उस्तै रहेको छ । हिजो प्रधानमन्त्री केपी ओली थिए आज कार्की रहेका छन् भने पहिलो रमेश लेखक गृहमन्त्री थिए अहिले ओमप्रकाश अर्याल रहेका छन् । मात्र पात्र फेरिएका छन् । जेन–जीहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको मुद्दा उठाएका छन् । तर त्यो मुद्दा सम्बोधन गर्न संविधान संशोधनको आवश्यकता रहेको छ ।
संविधान संशोधनकै संसदले मात्र गर्न सक्छन् तर सुशिला कार्कीको सिफारिसमा संसद नै विघटन गरिएको छ । अहिलेकै संविधान अनुसार जेन–जीहरुका माग पूरा हुन सक्दैन । कार्की सरकारले निर्वाचन गराउने जिम्मेवारी पाएको भएपनि कार्की सरकार राजनीतिक दलहरुलाई पाखा लगाउने कार्यमा सक्रिय भएकाले गर्दा राजनीतिक दलहरुको सहयोग विना निर्वाचन हुन सक्ने सम्भावना नरहेको र फागुन २१ गते नै निर्वाचन नभएको खण्डमा त्यसको जिम्मेवारी कार्की सरकारले नै लिनुपर्दछ ।
सुशिला कार्कीमाथि समेत अनुसन्धान हुनुपर्ने भएकाले गर्दा उनलाई बचाउनका लागि जेन–जीहरुहरुलाई धोका दिएको हुनाले नै उनलाई भारतको सहयोगमा प्रधानमन्त्रीमा नियुक्त गरिएको हो भन्ने आधार देखिन्छ । कार्की प्रधानमन्त्रीमा नियुक्त हुनु अघि नै उनी प्रधानमन्त्री बन्ने सन्देश भारतका नेताहरु र सञ्चारमाध्यमले प्रसार गरेका थिए भने उनलाई तिब्बती शरणार्थी नेता दलाई लामाले समेत प्रधानमन्त्री बनेकोमा बधाई दिएको हुनाले कार्कीको हुन् भन्ने प्रश्न समेत उब्जिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports