कार्कीलाई प्रधानमन्त्री पद ‘नखाऊ भने दिन भरिको सिकार खाउँ भने कान्छा बाऊको अनुहार’ जस्तै
वि.सं.२०८२ कात्तिक १३ बिहीवार १०:४८
shares

काठमाडौ । भाद्र २३ र २४ गते भएको विरोध प्रदर्शनपछि भाद्र २७ गते प्रधानमन्त्रीमा नियुक्त सर्बोच्च अदालतकी पूर्व प्रधानन्यायाधिश सुशिला कार्कीले संसद विघटन गर्ने सर्तमा प्रधानमन्त्रीमा नियुक्त भएपछि मन्त्रिपरिषद्को पहिलो बैठकबाटै संसद विघटन गर्ने निर्णय गरेकोमा अहिले त्यही संसद विघटन गर्ने निर्णय नै प्रधानमन्त्री कार्कीलाई घाँडो सावित भएको छ ।
जेन–जीहरुले भ्रष्टाचार नियन्त्रण र सुशासनको माग गरेका थिए । जेन–जीहरुको विरोध प्रदर्शनमा व्यापक घुसपैठ भयो । सोही घुसपैठले गर्दा भाद्र २३ गते काठमाडौ र इटहरीमा गोली चल्यो । गोली लागेर काठमाडौमा १७ र इटहरीमा २ गरी १९ जनाको निधन भयो ।
त्यस क्रममा २४ गते व्यापक रुपमा तोडफोड, लुटपाट र सरकारी महत्वपूर्ण भवनहरु सिंहदरबार, सर्बोच्च अदालत संसद भवन राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीका सरकारी निवास, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जिल्ला अदालत काठमाडौ, विशेष अदालतलगायत नेताहरुका निजी निवासहरुमा आगजनी भयो भने होटल र व्यावसायिक भवनहरु जलाइए भने मुलुकभरमै आगजनी तोडफोड र लुटपाटका घटना भए ।
कार्की सरकार गठन भएको झण्डै दुई महिना पुग्न लाग्दा पनि आगजनी, लुटपाट र तोडफोड कसले र किन गरे भनेर एकिन हुन सकिरहेको छैन । कार्की सरकारले पूर्णता समेत पाउन नसकिरहेको बेला प्रधानमन्त्री कार्कीलाई प्रधानमन्त्री पद नखाँउ भने दिन भरीको सिकार खाउँ भने कान्छा बाबुको अनुहार जस्तै भएको छ ।
राजनीतिक दलहरुलाई विश्वासमा लिएर समस्याको समाधान खोज्ने थलेको रुपमा रहेको जनप्रतिनिधिहरुको थलो संसद विघटन नगरिएको भए समस्याको समाधान संसदबाटै हुन सक्थ्यो । जेन–जीका केही मागहरु संसदबाटै समाधान हुन सक्थे तर हतार हतार गरेर किन र केका लागि संसद विघटन गरियो ? संसद विघटन गर्न तत्कालिन प्रधानमन्त्री केपी ओलीले सिफारिस गरेका थिएनन् ।
ओली नै सो रहस्य खोलिसकेका हुनाले कार्कीले नै प्रधानमन्त्री हुनका लागि संसद विघटन गर्नुपर्ने सर्त अघि सोही हुनाले अहिले उनी समस्यामा पर्दै आएकी छन् । जेन–जीहरुका धेरै समूहहरु रहेका र बालेन साहले समेत कार्कीको नाम प्रधानमन्त्रीमा सिफारिस गरेका हुनाले तिनै व्यक्तिहरुको विरोधका कारण कार्की नेतृत्वको सरकारले महत्वपूर्ण कार्य गर्न नसकेको हुनाले नै प्रधानमन्त्री कार्की समस्यामा पर्दै गएकी छन् ।



































