सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रोकिराखेको ट्रकमा कार ठाेक्किंदा ३ को मृत्यु

390
shares

बुटवल । रुपन्देहीको बुटवल तामनगरमा सडकमा रोकिराखेको ट्रकमा कार ठोक्किंदा कारमा सवार तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा कारमा सवार २ जना गम्भीर घाइते भएका छ्न्।

बुटवल उपमहानगरपालिका वडा नं. १२ तामनगर नजिक पूर्व-पश्चिम राजमार्गमा रोकिराखेको लु २ ख ९७७२ नम्बरको ट्रकमा लु ३ च ४४४२ नम्बरको कार सोमबार बिहानै ठाेक्किएको प्रहरीको भनाइ छ ।

 

दुर्घटनामा एक जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । मृतक र घाइतेको सनाखत हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

बेहुला-बेहुलीलाई कपिलवस्तु छोडेर फर्किंदै गरेको कार सडक किनारमा रोकिराखेको पराल बोकेको ट्रकको पछाडि ठोक्किएको हो । कारको अगाडिको भाग क्षतिग्रस्त भएको छ । उक्त कारलाई क्रेनको सहायताले सडकबाट हटाइएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports