विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रतिनिधिसभाको उपसभामुख निर्वाचनको लागि आज उम्मेदवार दर्ता

1.69K
shares

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयनका निम्ति आज उमेदवारी दर्ताको समय तोकिएको छ । संसद् सचिवालयले सार्वजनिक गरेको उपसभामुखको निर्वाचन कार्यतालिकाअनुसार, उमेदवारी दर्ताका लागि बिहान ११ देखि दिउँसो २ बजेसम्मको समय तोकिएको छ ।

प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रकाशन गरेको सूचनामा बिहीबार नै दिउँसो २ः३० बजे उमेदवारीको सूचना दर्ता क्रमअनुसार प्रकाशन गर्ने उल्लेख छ ।२७ गते उपसभामुखको निर्वाचन हुँदै छ । अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तावकले उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस हुनेछ । त्यसमाथि छलफल भएर निर्णय गरिनेछ ।

सभामुख डोलप्रसाद अर्यालले बुधबारको बैठकबाट उपसभामुख निर्वाचनको मिति तोक्दै सूचना प्रकाशन गर्न निर्देशन दिएका थिए ।उपसभामुखका लागि विपक्षी दलहरूले उमेदवारी दिने बताउँदै आएका छन् । प्रतिनिधिसभाको दुईतिहाइ बहुमतनिकट रहेको सत्तारूढ रास्वपाको समर्थन पाउने दलबाट नै उपसभामुख चयन हुनेछ । हालसम्म रास्वपाले कुनै दललाई समर्थन गरेको छैन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports