तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सेवा सुविधाका लागि प्रमुख प्रतिपक्षी दलको नेता बन्ने होडमा कांग्रेस

936
shares

 

काठमाडौ । नेपाली कांग्रेस आफैँमा विभाजित अवस्थामा पुगेको छ । तत्कालिन सभापति शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेशनबाट गत पुसमा निर्वाचित भएका सभापति गगन थापा पक्षले एकले अर्कोलाई विश्वास गर्न सक्ने वातावरण अहिलेसम्म बन्न सकेको छैन । त्यही कारणले गर्दा नेपाली कांग्रेस कमजोर अवस्थामा रहेको छ । गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसले प्रत्यक्ष र समानुपातिकमा गरी जम्मा ३७ सिटमात्र जित हाँसिल गरेको भएपनि ऊ प्रमुख प्रतिपक्षी दल बनेको छ ।
संसदमा प्रतिपक्षी दलका नेता सम्वैधानिक परिषद्को सदस्य रहने सम्वैधानिक व्यवस्था रहेकाले प्रतिपक्षी दलको नेता बन्न देउवा पक्ष र थापा पक्षका सदस्यको होडबाजी चलेको छ । प्रमुख प्रतिपक्षी दलको नेताले प्रतिनिधिसभाका उपसभामुख सरहको सेवा सुविधा पाउने भएकाले दुवै पक्षले आ आफ्नो दाबी गर्दै आएका छन् । संघीय संसदको पदाधिकारी तथा सदस्यहरुरुको सेवा पारिश्रमिक सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची ९ अनुसार प्रमुख प्रतिपक्षी दलको नेताले पारिश्रमिक प्रतिमहिना ६० हजार ९ सय ७० तथा विभिन्न भत्ता सवारी साधन, इन्धन खर्च लगायत भत्ता सुविधा पाउने व्यवस्था रहेको छ ।
सम्वैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री हुने र सदस्यहरुमा सर्बोच्च अदालतका प्रधानन्यायाधिश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख र प्रमुख प्रतिपक्षी दलका नेता गरी जम्मा ६ जना रहने सम्वैधानिक व्यवस्था रहेकाले गर्दा प्रमुख प्रतिपक्षी दलको नेता हुन कांग्रेसभित्र होडबाजी चलेको छ । सम्वैधानिक परिषद्ले सम्वैधानिक आयोग, सर्बोच्च अदालतका प्रधानन्यायाधिश, न्यायाधिश, राजदूत लगायतका नियुक्तिका लागि नाम सिफारिस गर्ने कानुनी व्यवस्था रहेकाले गर्दा पनि प्रमुख प्रतिपक्षी दलको नेता बन्न कांग्रेसभित्र होडबाजी चलेको हो ।
सम्वैधानिक परिषद्ले विभिन्न सम्वैधानिक निकाय र राजदूतहरुका लागि नाम सिफारिस गर्ने र प्रतिनिधिसभा अन्र्तगत रहेको दुवै संदनका सांसदहरु रहेको संसदीय सुनुवाई समितिबाट अनुमोदन भएपछि मात्र सम्वैधानिक परिषद्ले सिफारिस गरेका व्यक्तिहरु नियुक्ति हुन योग्य रहने भएकाले सम्वैधानिक परिषद्बाटै आफ्ना मान्छेलाई सिफारिस गर्ने भएकाले पनि कांग्रेसभित्र प्रमुख प्रतिपक्षी दलको नेता हुन होडबाजी चलेको हो । कांग्रेसभित्र अहिले पनि देउवा पक्ष र थापा पक्ष भनेर सांसदहरुलाई चिनिन्छन् । त्यसमा पनि अर्थात सांसदहरुपनि त्यसरी नै चिनिँदै आएका र कांग्रेसको संसदीय दलमा शेरबहादुर देउवा पक्ष र नेता शेखर कोइराला एक भएको खण्डमा उनीहरुकै बहुमत रहेकाले गर्दा शेखर कोइराला पक्ष नै निर्णयक देखिन्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports