सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल बारको आन्दोलन अब बार परिषद मै सिमित हुने

468
shares

नेपाल बार एशोसिएसनले सर्वोच्च अदालत परिसरमा केन्द्रित आन्दोलन स्थगित गरेको छ ।

आफूहरुले अघि सारेको माग प्रारम्भिक रुपमा सम्बोधन भएको निष्कर्षका साथ बारले प्रदर्शनलाई नेपाल बार एशोसिएसनको प्राङ्गणमा सीमित गर्ने निष्कर्ष निकालेको हो । बारले अब आफूहरुको मागलाई वैचारिक रुपमा अघि बढाउने भएको छ ।बार उपाध्यक्ष रक्षा बस्यालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायपालिकामा विकृति, विसंगति फैलाएकाले आफूहरुले बाध्य भएर सर्वोच्च अदालतमै नारावाजी र प्रदर्शन गर्नुपरेको बताइन् ।

‘अब हामी सर्वोच्च अदालतमा नाराबाजी र प्रदर्शन गर्दैनौं’ बस्यालले भनिन्, ‘महाअभियोगलाई पारित गराउन दबाव दिनका लागि बार परिसरमै कार्यक्रम हुन्छ, बारको मागलाई अब वैचारिक रुपमा समेत अघि बढाउछौं ।’

global bank  ad lamu

बार एशोसिएसनका महासचिव लिलामणि पौड्यालले अब नेपाल बार एशोसिएसनका एजेण्डाहरुलाई वैचारिक रुपमा अघि बढाउने बताए । बारले संवैधानिक परिषदमा प्रधानन्यायाधीशको संलग्नतामाथि प्रश्न उठाएको छ भने न्यायपरिषदको पुनर्संरचनाको माग गरेको छ ।

कतिपय विषय संविधान संशोधनसँग समेत सम्बन्धित भएकाले राजनीतिक दल र सांसदहरुसँग बारको मागका बारेमा छलफल गर्ने महासचिव पौडेलले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports