सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कमिसन कटौतीको विरोधमा व्यवसायीले घोषणा गरे इन्धन बिक्री रोक्ने निर्णय

442
shares

देशभरका पेट्रोल पम्प व्यवसायीहरुले इन्धनको आपूर्ति व्यवस्था नै बिथोलिने गरी पेट्रोलियम पदार्थ खरिद गर्न छाडेका छन् । नेपाल आयल निगमले आफूहरुले पाउँदै आएको कमिसन कटौती गरेको विरोधमा यस्तो निर्णय गरेको पेट्रोल पम्म व्यवसायीहरुको संस्था नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले जनाएको छ ।

‘हाम्रो सेवा सुविधा काट्ने निर्णय भएपछि विरोध गरेका हौं, आज निगमका डिपो बाट तेल उठेको छैन,’ एसोसिएसनका एक अधिकारीले भने । बिहीबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य संरचना मार्फत प्रतिशतमा दिंदै आएको कमिसन कटौती गर्ने निर्णय गरेको थियो।

व्यवसायीले घोषणा गरेरै इन्धन बिक्री रोक्ने निर्णय गरेको नेपाल आयाल निगमका प्रवक्ता विनितमणि उपाध्ययले बताए । ‘विहानै देखि इन्धन उठाउन रोक्ने घोषणा भएको छ, निगमको डिपो बाट इन्धन उठेको छैन्,’ प्रवक्ता उपाध्ययले भने, ‘व्यवसायीको विरोधका कारण देशै भर इन्धन नउठेको जानकारी आएको छ ।’ काठमाडौं उपत्यकामा इन्धन आपूर्ति गर्ने देशकै ठूलो मध्ये एक थानकोट डिपोबाट शुक्रबार विहानै देखि इन्धन नउठेको डिपोले जनाएको छ ।

डिपोका अधिकारी कपिल भट्टका अनुसार शुक्रबार डिपो बाट डिजेल, पेट्रोल र मटीतेलको बिक्री भएको छैन । ‘दैनिक करिब ७ लाख लिटर डिजेल र ९ लाख लिटर पेट्रोल बिक्री हुन्थ्यो तर आज एक लिटर पनि इन्धन उठेको छैन्,’ भट्टले भने, ‘यस अघि बिक्री भएको इन्धन सकिएपछि बजारमा अभाव सृजना हुने देखियो ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports