तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारले निजामती कर्मचारीका छोरा छोरीलाई पाँच लाख सम्म पढाइ खर्च दिने

507
shares

सरकारले निजामती कर्मचारीका छोरा छोरीलाई पाँच लाख सम्म पढाइ खर्च दिने भएको छ ।

शैक्षिक योग्यताको आधारमा कर्मचारीका सन्ततिलाई २० लाख रुपैयाँ सम्म लाग्ने शिक्षण शुल्कमा ५ लाख सम्म शैक्षिक प्रोत्साहन वृत्ति शीर्षकमा खर्च दिने गरी नीति बनाइएको छ ।बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलव्ध गराउने सम्बन्धी निर्देशिका,२०७८’ जारी गरेको छ । निर्देशिका अनुसार बहाल रहेका स्थायी कर्मचारीका छोरा वा छोरी र हाल सार्वजनिक संस्थानमा नियुक्त भएका पूर्व निजामती कर्मचारीका छोरा छोरीले शैक्षिक प्रोत्साहन वृत्ति पाउनेछन् ।

स्वदेशी विश्वविद्यालयका आंगिक वा सम्बन्धन प्राप्त स्वदेशी शिक्षण संस्थाको स्नातक तहको प्रथम वर्ष अध्ययनरत निजामती कर्मचारीका सन्ततिले उक्त शैक्षिक प्रोत्साहन वृत्ति पाउने निर्देशिकामा उल्लेख छ ।

२० लाख सम्मको शैक्षिक खर्च लाग्नेमा सरकारले ५ लाख प्रोत्साहन वृत्ति, १५ लाख देखि २० लाख सम्म खर्च लाग्नेमा ४ लाख, १० देखि १५ लाखसम्ममा ३ लाख, ५ देखि १० लाख सम्मलाई २ लाख खर्च र १ देखि ५ लाख सम्म १ लाख रुपैयाँ तथा १ लाख भन्दा कम खर्च शिक्षण शुल्कको आधारमा प्रोत्साहन स्वरुप रकम दिने निर्देशिकामा उल्लेख रहेको छ ।शैक्षिक प्रोत्साहन वृत्तिको लागि निजामती सेवाको संघीय कानुनमा भएको समावेशी प्रतिशतकै आधारमा कोटा निर्माण हुने सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अनुसार शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन गन सामान्य प्रशासन मन्त्रालयको सचिवको अध्यक्षतामा ७ सदस्यीय समिति समेत गठन हुनेछ । उक्त शैक्षिक प्रोत्साहन वृत्ति पाएका कर्मचारीका सन्ततिलाई सामान्य प्रशासन मन्त्रालयले आवश्यक ठानेको स्थानमा एक वर्ष सम्म खटाउन सक्नेछ । अध्ययन गरेको विषय सँग सम्बन्धित कार्यालय वा निकायमा खटाइएको समान तह र श्रेणीका कर्मचारीले पाएको बराबर सुविधा हुने निर्देशिकामा उल्लेख छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports