प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अन्तर व्यवस्थापिका संघको १४ औँ सम्मेलनमा भाग लिन राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना इन्डोनेसिया जाँदै

520
shares

राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना अन्तर व्यवस्थापिका संघको १४औँ सम्मेलनमा भाग लिन इन्डोनेसिया जान लागेका छन् । अध्यक्ष तिमिल्सिना अन्तर व्यवस्थापिका संघ तथा इन्डोनेसियाको संसदको आयोजनामा चैत्र ४ देखि १० गते सम्म हुने अन्तर व्यवस्थापिका संघको १४ औँ सम्मेलनमा भाग लिन शुक्रवार बेलुका इन्डोनेसिया प्रस्थान गर्न लागेका हुन् ।

अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा ९ सदस्यीय प्रतिनिधि मण्डल शुक्रबार बेलुका ९ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट प्रस्थान गर्ने संघीय संसद सचिवालयले जनाएको छ । प्रतिनिधि मण्डलमा राष्ट्रियसभा सदस्यहरु भैरव सुन्दर श्रेष्ठ, अनिता देवकोटा तथा प्रतिनिधिसभा सदस्यहरु सुरेन्द्र कुमार कार्की, उमाशंकर अरगरिया रहेका छन् । त्यस्तै संघीय संसदका महासचिव डा. भरतराज गौतम, राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयाल लगाएतको प्रतिनिधि मण्डलमा रहने संसद सचिवालयले जनाएको छ ।

सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले ‘गेटिङ टू जिरो : मोविलाइजिङ पार्लियामेन्ट्स टू एक्ट अन क्लाइमेट चेन्ज’ शीर्षकमा आफ्नो धारणा व्यक्त गर्ने छन् । त्यसैगरी सम्मेलनका विशेष सत्रमा कोभिड–१९ महामारीको बेलामा नेपालको संसदले गरेका गतिविधिहरुको सम्बन्धमा पनि संक्षिप्त जानकारी प्रस्तुत गर्ने छन् । अध्यक्ष तिमिल्सिनाले नेपाल जलवायु परिवर्तनको ठूलो जोखिममा रहेकाले यसका सम्बन्धमा गम्भिरता पूर्वक कुरा राख्ने बताए । उनले गोर्भनिङ काउन्सिलको २०९ औँ सत्रमा पनि भाग लिने कार्यक्रम रहेको छ । सम्मेलनमा सहभागी भएर संसदीय प्रतिनिधि मण्डल चैत्र ११ गते नेपाल फर्किने छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports