विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हाम्रा मन्त्रीहरूलाई कर्मचारीहरूले टेरेनन् : अध्यक्ष नेपाल

806
shares

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टी बाट सरकारमा गएका मन्त्रीहरु हेरफेर नहुने जनाएका छन् ।

केही दिनयता एकीकृत समाजवादीले सरकारमा पठाएका मन्त्रीहरु फिर्ता बोलाएर नयाँलाई जिम्मेवारी दिने तयारी गरेको समाचारहरु सार्वजनिक भइरहँदा पार्टी अध्यक्ष नेपालले त्यसमा सत्यता नभएको बताएका हुन् । सोमबार साँखुमा आयोजना गरिएको कार्यक्रममा मन्त्री हेरफेर गर्ने पक्षमा पार्टी नरहेको बताएका हुन् । गलत र नियोजित रुपमा यस्तो हल्ला फिँजाइएको भन्दै उनले कार्यकर्तालाई हल्लाको पछि नलाग्न आग्रह गरे ।

मन्त्री फेर्दैछन् भन्ने हल्ला चलेपछि आफ्ना पार्टी बाट सरकारमा सहभागी मन्त्रीलाई कर्मचारीले नटेरेको उनको भनाइ थियो । उनले आफ्ना पार्टी बाट सरकारमा रहेका दुई मन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गएको समाचारमा पनि सत्यता नभएको दाबी गरे । एकीकृत समाजवादी बाट सरकारमा पाँच जना सहभागी छन् । सरकारमा एकीकृत समाजवादी बाट विरोध खतिवडा, प्रेम आले, किसान श्रेष्ठ, रामकुमारी झाँक्री सहित भवानी खापुङ राज्यमन्त्री रहेका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports