विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्थानीय तहको निर्वाचन बहिष्कार गर्छौ : गजुरेल

715
shares

नेपाल कम्यूनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सीपी गजुरेलले आफ्नो पार्टीले स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने बताएका छन् । मधेस प्रदेश कमिटीले सोमबार सिरहाको गोलबजारमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता गजुरेलले भ्रष्ट नेता तथा पार्टीहरुले जनतालाई अनैतिक बनाउन खोजेको भन्दै वैशाख ३० को लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने बताएका हुन् ।


चुनावको घोषणा सँग नेताहरु पैसाको बोरा बोकेर गाउँ पसेको भन्दै नेता गजुरेलले पैसा, मासु र रक्सीमा जनतालाई अल्मल्याएर चुनाव जित्ने व्यवस्था अन्त्य नभए सम्म वास्तविक जनप्रतिनिधि चयन हुन नसक्ने बताए । उनले एमसीसी परियोजना संसद बाट खारेज गर्नुपर्ने पनि बताए । नेता गजुरेलले आज बाटै आफ्नो पार्टी चुनाव बहिष्कारको आन्दोलनमा होमिएको बताए ।

उनले भने, ‘यो चुनावले जनप्रतिनिधि भन्दा पनि व्यापारी बनाउँछ, अहिले चुनावमा मासु, रक्सि र पैसा दिएर मत किन्छ, पछि त्यही रकम असुलीमा लाग्छ । यो चुनावले भ्रष्ट व्यापारी मात्र जन्माउँछ, असली जनप्रतिनिधि आउन सक्दैन ।’

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports