प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बागमती प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि  स्थगित 

533
shares

 

हेटौंडा । बागमती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले आज मंगलबार बसेको प्रदेशसभाको बैठकमा अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको बताएका हुन् ।
आज मंगलबार बसेको प्रदेशसभा बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले पेस गरेको ३ वटा विधेयक विषयगत समितिमा पठाउने प्रस्ताव पारित गरेको छ ।

खनालले पेस गरेको प्रदेश विपद् व्यवस्थापन ऐन,२०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन,२०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश अनुसन्धान ब्युरो सेवाको गठन,स्थापना,काम,कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन गरेको प्रस्ताव सर्वसम्मत पारित भएको हो ।

आज मंगलबार बसेको बैठक १८ मिनेट बसेर स्थगित भएको थियो। बैठकमा शून्य समय माग गर्दै सांसदहरुले जनचासोका बारेमा आफ्ना धारणा राखेका थिए। बैठकमा सत्तापक्षबाट नेकपा माओवादी केन्द्रका जगत सिंखडा, रामकाजी महर्जन, नेपाली कांग्रेसका नरोत्तम वैद्य, राजेन्द्र गुरुङ, प्रतिपक्षी दल विवेकशील साझा पार्टीका रमेश पौड्याल र शोभा शाक्यले आफ्नो धारणा राखेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports