विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जोगिन्दरको मुखियाजी कमेडी शो आज देखी प्रसारण हुने

832
shares

काठमाडौं । चर्चित कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ ले नयाँ कमेडी टेलिभिजन शो ल्याउने भएका छन् ।

उनले ‘जोगिन्दर मुखियाजी’ नामक शो ल्याउने भएका हुन् । ‘जोगिन्दर मुखियाजी’ ग्लोबल एचडी टिभी बाट आज बिहीबार देखि प्रत्येक बिहीबार साँझ ७ः३० बजे देखि प्रसारणमा आउँदै छ । जोगिन्दर उपनामले परिचित रिजालले आफूलाई सबैले वास्तविक नाम बाट भन्दा पनि जोगिन्दर उपनाम बाटै चिन्ने भएकाले नयाँ शोमा पनि यो नाम जोडेको बताए ।

यस अगाडि हिमालयन टेलिभिजनमा चर्चित कार्यक्रम ‘जोगिन्दर पानवाल’ मार्फत दर्शकको मन जित्न सफल उनी डेढ बर्ष पछि नयाँ टेलिभिजनमा देखिन लागेका हुन् । ‘जोगिन्दर मुखियाजी’ एक पूर्ण मनोरञ्जनात्मक शो भएको उनले जानकारी दिए । ‘हाम्रो तराईमा मुखियाजीलाई सबैले मान्ने गर्छन् । गाउँ, टोल वा वडामा धेरै फैसला मुखियाजीकै आधारमा हुने गर्थे’ उनले भने, ‘त्यही पात्रलाई टेलिभिजन शोमा ल्याउन लागिएको हो ।’ कार्यक्रमको पहिलो एपिसोड उनले पूर्वमन्त्री लालबाबु पण्डितलाई अतिथि बनाएको जानकारी दिएका छन् ।

‘जोगिन्दर मुखियाजी’ रमाइलो ठट्यौली शैलीमा गफगाफ गर्ने शो हो । यहाँ घरमा भएका खानेकुराहरू खाँदै गफगाफ गर्नेछु,’ उनले थपे, ‘यसलाई सबै सँग भलाकुसारी गर्ने कार्यक्रम अथवा साझा चौतारी भन्दा पनि फरक पर्दैन ।’ जसरी एउटा मुखियाको घरमा सबै जान्छन् । त्यस्तै कार्यक्रममा पनि सबै क्षेत्रका व्यक्ति अतिथिको रूपमा निम्त्याउने उनको भनाइ छ ।जोगिन्दरको क्यारेक्टरलाई जीवित राख्दै मुखियाजी मार्फत आगामी कला यात्रालाई अगाडि बढाउने योजना उनको रहेको छ । शोमा रिजालले आफ्नो गेटअफ र पहिरन समेत तराइका मुखियाझैं गर्ने छन् ।

रिजाल फिल्म, टेलिचलचित्र, कमेडी शोका अलवा स्टेज कार्यक्रममा पनि ब्यस्त रहने कलाकार हुन् । उनी यस अगाडि टेलिभिजन कार्यक्रमको कारणले ‘जोगिन्दर पानवाल’ भनेर चिनिदै आएका छन् ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports