२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मेलम्ची खानेपानी आयोजनाको पानी चैत मसान्तभित्र काठमाडौं ल्याउने दावी

637
shares

काठमाडौ । मेलम्ची खानेपानी आयोजनाको पानी चैत मसान्तभित्र काठमाडौं ल्याउने योजनासाथ खानेपानी मन्त्रालयले काम गरिरहेको छ। अस्थायी रूपमा संरचना निर्माण गरेर मन्त्रालयले मेलम्चीको पानी काठमाडौं ल्याउन काम गरिरहेको हो। मेलम्ची खानेपानी विकास समितिका अनुसार अहिले हेडवर्क्स र सुरूङ सफा गर्ने काम भइरहेको छ।

गत असारमा आएको बाढीले हेडवर्क्स पुरेको थियो भने सुरूङमा सामान्य क्षति पुगेको थियो। मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता डिभिजनल इन्जिनियर राजेन्द्र पन्तका अनुसार सुरूङको गेट नम्बर १, ९ र ३८ सफा भइरहेको छ। यस्तै, अम्बाथान अडिटमा जम्मा भएको थेग्रिनी सफा गर्ने काम भइरहेको उनले बताएका छन्।

मेलम्ची खानेपानी आयोजना क्षेत्रमा पुग्ने ६ मध्ये तीन ठाउँमा अस्थायी मोटरेबल पुल निर्माण भएका छन्। ‘अहिलेलाई सबै संरचना अस्थायी बनाएर पहिलेको जस्तै गरी खानेपानी काठमाडौं ल्याउने तयारी हो,’ पन्तले भने।

उनका अनुसार चैतमा पानी ल्याउन कफरड्याम पनि अस्थायी नै बनाइने छ। अहिले कफरड्यामको काम भने सुरू भइनसकेको पन्तले बताए।

मेलम्ची क्षेत्रमा प्रवेश गर्ने बाटो र तीन वटा स्थायी पुल बनाउने जिम्मा सडक विभागलाई दिइएको छ। चुनाव नजिकिएका कारण मेलम्चीको पानी अस्थायी रूपमा भए पनि काठमाडौं झार्नैपर्ने दबाबमा सरकार छ।

हेडवर्क्स वरपर ठूलो मात्रामा थेग्रिनी छ। थेग्रिनी सफा गर्ने क्रममा ठूल-ठूला चट्टान फेला परेका छन्।ती चट्टान विस्फोटक पदार्थ प्रयोग गरेर फुटाउँदै हटाउने काम भइरहेको छ।

पन्तका अनुसार थेग्रिनी दसदेखि पन्ध्र मिटरसम्म छ, सँगै ठूला ढुंगा फेला परिरहेका छन्। गत असार २ गते मेलम्ची नदीमा आएको बाढीले आयोजनामा ठूलो क्षति गरेको थियो। बाढीका कारण मुख्य सुरूङ नै टालिएको थियो।

गत वर्षको चैत १७ गतेबाट राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो। वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो।

सुरूङ परीक्षणका लागि भनी असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरूङमा पानी बन्द गरेको थियो। त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएको थियो।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports