प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमाले क्वीन्टलको ढक, पाँच दल भनेका एक एक किलोको ढक जस्ता हुन् : अध्यक्ष ओली

624
shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरु बीच गठबन्धन गर्न सजिलो नभएको बताएका छन् । उनले सत्ता गठबन्धनका दलहरुलाई लोभी पापी भन्दै उनीहरु बीच गठबन्धन गर्न सहज नभएको टिप्पणी गरेका हुन् ।

‘गठबन्धन गर्छौं भनेका हुन्, गठबन्धन सजिलो छैन, लोभी पापीहरुको गठबन्धन कति गाह्रो होला विचार गर्नुस् त’ भक्तपुरमा तरकारी बजारको उद्घाटन गर्दै उनले भने, ‘एकै दिन निर्वाचन आयोगले उम्मेदवारी दर्तै गर्न सक्दैन भनेर निर्वाचन आयोगलाई भनेर दुई दिन राखेको छ मनोनयन दर्ता पनि ।’ एमाले अध्यक्ष ओलीले यसपल्ट उम्मेदवारी दर्ताका बेला गठबन्धनमा झगडा हुन्छ, कुरा मिल्दैन निर्वाचन आयोगलाई मनोनयन दर्ताको समय गठबन्धनले नै दुई दिन राख्न लगाएको जिकिर गरे । ‘एक हप्ता राखे पनि के हुन्छ र मनोनयन नै हुने होला’ ओलीले भने।

उनले नेपालमा एमाले सँग प्रतिस्पर्धा गर्ने दल कुनै नरहेको भन्दै गठबन्धन गरे पनि आफूहरुले चुनाव जित्ने दावी गरे । ‘एमाले क्वीन्टलको ढक हो । पाँच वटा दल भनेका एक एक किलोको ढक जस्ता हुन् । एक्लै एमाले सँग लड्न आउन अबको नेपालमा कुनै पार्टीले नचिताए हुन्छ’ उनले भने ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports