विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राजश्व छलीमा संलग्न भारतीय नागरिक अमितकुमार अग्रवाल विरुद्ध साढे ७ करोडको मुद्दा दायर

650
shares

राजस्व अनुसन्धान विभागले भारतीय नागरिक अमितकुमार अग्रवाल विरुद्ध ७ करोड ६० लाख ६५३ हजार ७०४ रुपैयाँको बिगो तथा जरिवान मागदाबी सहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । भारत पश्चिम बंगाल, सिलगुरी थाना स्थायी वतन ठेगाना भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर १३ ताहाचलमा बसोबास गर्ने ३२ वर्षे अग्रवाल विरुद्ध विभागले मुद्दा दायर गरेको हो ।

विभागका अनुसार अग्रवालको विमला ईण्टरनेशनल फर्मले राजस्व चुहावट गर्ने मनसायले बिजक जारी नगरी अर्डर र इस्टिमेट लुज बिल जारी गरी मालसामान बिक्री गरि राजश्व छली गर्ने गरेको पाइएको छ । अग्रवालले उक्त फर्म बाट हुने आयलाई व्यवसायको आधिकारिक बिक्री आयमा समावेश नगरी नगद घरमै राख्ने गरेको तथा आयकर ऐन तथा मूल्य अभिवृद्धि कर ऐन तथा नियम अनुसार तिर्नुपर्ने राजस्व चुहावट गरेको विभागको ठहर छ।

अग्रवालले मूल्य अभिवृद्धि कर ३ करोड १७ हजार ९९ रुपैयाँ, आयकर ८ लाख १४ हजार ७५३ रुपैयाँ समेत जम्मा गरी कुल बिगो ३ करोड ८० लाख ३१ हजार ८५२ रुपैयाँ तथा शतप्रतिशत जरिवाना गरी ७ करोड ६० लाख ६३ हजार ७०३ रुपैयाँ बिगो तथा जरिवाना कायम गरेको छ ।

विभागले प्रतिवादी अमितकुमार अग्रवाल सँग विगो असूल उपर गरी विगोको शत प्रतिशत जरिवाना तथा सोही ऐनको दफा २३ को उपदफा (१) (क) बमोजिम कैद सजाय हुन मागदावी लिई अभियोग पत्र दायर गरेको हो ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports