विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रहरी प्रधान कार्यालय नक्सालले सर्लाही प्रहरी प्रमुख परिवर्तन गर्यो

520
shares

काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले सर्लाही प्रहरी प्रमुख परिवर्तन गरेको छ ।

सर्लाही पठाइएको ६ महिनामै प्रहरी प्रधान कार्यालयले एसपी कृष्ण प्रसाईंलाई जिम्मेवारी बाट हटाएको हो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बनाएको आचारसंहितामा सामान्तयाः एक वर्ष अवधि पूरा नभइ कुनै इकाइको नेतृत्व गरिरहेका प्रहरीलाई नहटाउने भनिएको थियो  तर आर्थिक अनियमिततामा मुछिए जुनसुकै वेला हटाउने सकिने भनिएको थियो ।

तर प्रसाईंलाई जनता समाजवादी पार्टीका सचेतक प्रमोद शाह सँगको विवाद सँग जोडेर हटाइएको एक प्रहरी अधिकृतले बताए । उनका अनुसार शाह माथि शनिबार आक्रमण भएपछि जसपा एसपी प्रसाईं सँग रुष्ट थियो । प्रसाईंलाई हटाए पछि उनको ठाउँमा एसपी प्रविण पोखरेललाई पठाइएको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports