विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माधव नेपाल सहितका १४ सांसद विरूध्दको मुद्दाको सुनुवाई आज हुने

650
shares

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल सहित १४ जना सांसद विरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदन माथि सर्वोच्च अदालतले आइतबार देखि सुनुवाइ गर्दैछ ।

एमाले बाट अलग हुनु अघि नै नेपाल सहितका १४ जना सांसदहरुलाई दल बाट कारवाही गरेको तर सभामुख अग्निप्रसाद सापकोटाले कारवाहीको सूचना जारी नगरेको भनी ओलीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । एमालेले यही एजेण्डालाई अघि सारेर प्रतिनिधिसभाको बैठक पनि अवरुद्ध गरेको थियो ।

एमालेले नेकपा (एकीकृत समाजवादी) दल दर्ताको प्रक्रिया माथि नै प्रश्न उठाएर निर्वाचन आयोग विरुद्ध समेत मुद्दा हालेको छ । साथै उसले झलनाथ खनाल बाहेकका १४ सांसदलाई कारवाहीको पत्र पठाएकोमा त्यस बारे सभामुख बाट कुनै निर्णय नगरी निर्वाचन आयोगले जबर्जस्ती अर्को दल दर्ता गरेको आरोप पनि लगाएको छ ।

यी दुई विवाद जोडिएका मुद्दामा यसअघि नै सर्वोच्च अदालत बाट प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश डा. कुमार चुडालको छुट्टाछुट्टै इजलासले अन्तरिम आदेश दिएको थिएन ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports