प्रधानमन्त्री शेरबहादुर देउवा उत्तर प्रदेशको बनारस पुगे
वि.सं.२०७८ चैत २० आइतवार ११:३०
shares

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उत्तर प्रदेशको बनारस पुगेका छन् । एयर इण्डियाको जहाज मार्फत् बनारस पुगेका प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरे ।
बनारसमा मुख्यमन्त्री आदित्यनाथले प्रधानमन्त्री सँग भेटवार्ता गर्ने कार्यक्रम छ । साथै प्रधानमन्त्री देउवाले त्यहाँका मन्दिरहरुमा दर्शन गर्ने र नेपाली धर्मशालामा जाने कार्यक्रम छ ।
तीन दिने भ्रमणका लागि गत शुक्रबार भारतको राजधानी नयाँदिल्ली गएका देउवा बनारसबाट नयाँदिल्ली फर्किने र आजै अपराह्न काठमाडौं प्रस्थान गर्ने कार्यक्रम छ । उनी भारतीय समय अनुसार अपराह्न सवा चार बजे नयाँदिल्ली बाट काठमाडौं प्रस्थान गर्नेछन् ।






































