नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पाकिस्तानको सर्बोच्च अदालतले संसद विघटन गर्ने निर्णय उल्टायो, राजनीतिक संकट गहिरिदो

598
shares

पाकिस्तानको सर्वोच्च अदालतले संसद् विघटन गर्ने प्रधानमन्त्री इमरान खानको सिफारिस र राष्ट्रपतिको निर्णय बदर गरिदिएको छ ।

प्रधानन्यायाधीश उमर अता बन्दियालले संविधानको धारा ५ को सन्दर्भमा सभामुखले अविश्वासको प्रस्ताव अस्वीकार गर्न नसक्ने निर्णय सुनाएका छन् । ‘अविश्वासको प्रस्ताव सभामुखले खारेज गर्ने विकल्प संविधानले दिएको छैन । सभामुखले अविश्वासको प्रस्तावलाई खारेज गर्नु भनेको राजनीतिक बेइमानी हो,’ प्रधानन्यायाधीशले निर्णय सुनाउँदै भनेका छन् ।

उक्त आदेशपछि मुलुकमा थप राजनीतिक र संवैधानिक संकट निम्तिएको सत्तापक्षको दाबी छ । यसअघि पाकिस्तानी सांसदहरूलाई अविश्वास प्रस्तावमा मतदान गर्न बाट रोकिएको थियो । त्यसपछि परेको मुद्दाको सुनुवाई गर्दै पाँच सदस्यीय संवैधानिक इजलासले उक्त आदेश दिएको हो ।

सर्वोच्च अदालतको फैसला पछि बोल्दै त्यहाँका सूचनामन्त्री फवाद हुसैनले ९० दिन भित्र संसदीय निर्वाचन हुने जिकीर गरेका छन् ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports