प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चिकित्सा शिक्षा स्नातक तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक

1.05K
shares

काठमाडौं । चिकित्सा शिक्षा स्नातक तहको शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको छ । चिकित्सा शिक्षा आयोगले १८ चैतमा सञ्चालन गरेको स्नातक तह एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीएएसएलपी, बी पर्फ्युजन टेक्नोलोजी शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

सार्वजनिक भएको नतिजामा परीक्षार्थीले आफ्नो प्रोफाइलमासमेत हेर्न सकिने व्यवस्था गरेको आयोगले जनाएको छ । प्रकाशित नतिजा उपर चित्त नबुझी पुनर्योग गर्न चाहने उम्मेद्‍वारहरुले हिमालयन बैंकको चल्ती खातामा १ हजार जम्मा गरी दस्तुर बुझाएको भौचर वा अनलाइनबाट बुझाएको प्रमाण संलग्न गरी २७ चैतको बिहान १० बजेदेखि २९ चैतको अपरान्ह ५ बजेभित्र आयोगको इमेलमार्फन निवेदन पेश गर्न सक्ने आयोगले जानकारी गराएको छ ।

 

साथै विभिन्न आरक्षण समूहभित्र पर्ने उम्मेद्‍वारहरुको प्रकाशित नतिजाप्रति कुनै उजुरी भएमा यथार्थ प्रमाणसहित पुनर्योगका लागि तोकिएको समयावधिभित्र आयोगमा उजुरी दिने सक्नेछन् । झुठो विवरण पेश गरी परीक्षामा समोवश भएको पाईएमा त्यस्ता परीक्षर्थीहरुको नतिजा जुनसुकै बखत रद्द गर्ने चेतावनी दिएको छ ।

चार जना परीक्षार्थीको परीक्षा रद्द

 

आयोगले चार उम्मेद्‍वारको परीक्षा रद्द गरेको जनाएको छ । प्रवेश परीक्षाको उत्तर पुस्तिकामा रोल नम्बर र प्रश्नपत्र सेटको बबल नभरेका वा बबल गलत भरेका उम्मेद्‍वारका उत्तर पुस्तिकाहरु तथा परीक्षाको मर्यादा विपरित कार्य गरेका, गर्न लगाएका चार जनाको परीक्षा एकीकृत प्रवेश परीक्षा समितिको निर्णय अनुसार रद्द गरेको छ ।

परीक्षामा १७ हजार ४६७ जना विद्यार्थी सहभागी भएकोे आयोगले जनाएको छ । त्यसमध्ये ८ हजार ६८७ उम्मेद्‍वारले र विदेशी परीक्षार्थीतर्फ ६० उम्मेद्‍वारको नाम निस्किएको छ ।

चिकित्सा शिक्षा आयोगले यो वर्षको एकीकृत प्रवेश परीक्षाको नतिजामा पर्सेन्टाइल प्रणाली लागू गरेको छ । आयोगले गत वर्ष कार्यान्वयन गरेको पद्धतिमा २ सय पूर्णाङ्कमा सञ्चालित परीक्षामा न्यूनतम १ सय अंक अर्थात् ५० प्रतिशत अंक ल्याउने विद्यार्थी मात्र चिकित्सा शिक्षामा भर्ना हुन पाउने व्यवस्था गरेको थियो ।

यो व्यवस्थाले नर्सिङ, फार्मेसीलगायत विषयमा मेडिकल कलेजका लागि तोकिएको सिट संख्याको आधा भन्दा कम विद्यार्थी योग्य भएपछि कार्यविधि संशोधन गरी ‘पर्सेन्टाइल’ प्रणाली लागू गरिएको आयोगको भनाइ छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports