तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

खनियाबास गाउँपालिकाका अध्यक्ष माथि आक्रमण गर्ने कांग्रेसका कार्यकर्ता राजु पाख्रिन सहितका व्यक्तिहरु पक्राउ

507
shares

धादिङ । जिल्लाको खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ माथि आक्रमण गरेको आरोपमा प्रहरीले नेपाली कांग्रेसका कार्यकर्ता राजु पाख्रिन सहितका व्यक्तिहरुलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीका अनुसार नेपाली कांग्रेस वडाध्यक्षको टिकट सफिारिस गर्न छलफल भइरहेको समयमा कांग्रेसका प्रदेश क्षेत्रीय सभापति समेत रहेका गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ माथि आक्रमण भएको थियो ।

पाख्रिन र अध्यक्ष तामाङबीच टिकटका विषयमा विवाद भएको प्रहरीले जनाएको छ । घाइते तामाङको सत्यदेवी स्वास्थ्य चौकीमा उपचार गरिएको छ । आक्रमणको घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports