सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कसैलाई के को धन्दा, घरज्वाईंलाई खानकै धन्दा

468
shares

काठमाडौ ।कसैलाई के को धन्दा घरज्वाईंलाई खानकै धन्दा भन्ने प्रख्यात नेपाली उखानलाई अहिले सत्ताधारी दल र संघीय संसदको प्रमुख प्रतिपक्षी दलले चरितार्थ गरिरहेका छन् । कोरोना भाइरसले गर्दा दिन प्रतिदिन कोरोना भाइरसका संक्रमितहरुको संख्या मात्र बढिरहेको छैन निधन हुने व्यक्तिहरुको संख्या समेत बढिरहेको छ । यस्तो संकटपूर्ण अवस्थामा सरकार र राजनीतिक दलहरुको ध्यान जानुपर्ने हो तर त्यस्तो हुन सकिरहेको छैन ।

सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक द्वन्द्वले गर्दा केपीओली नेतृत्वको सरकार नै कोमामा पुगेको जस्तो देखिएको छ । मुलकुभरमा रासायनिक मलको हाहाकार भएको छ । कृषकहरुले न त धान रोपाईको बेलामा प्रर्याप्त मल पाउन सकेका छन् नत धान गोड्ने बेलामै ।

सत्ताधारी दलभित्रको आन्तरिक द्वन्द्वले गर्दा मुलुक नै संकटमा फस्दै गएको छ । संघीय संसदमा झण्डै दुई तिहाई नजिक रहेको केपीओली सरकार पछिल्लो समयमा आफ्नो काम कारबाहीलाई थाती राखेर सत्ता बचाउने खेलमै व्यस्त भएको छ भने पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल सहितका पार्टीका वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु जसरी भएपनि पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपीओलीलाई आफ्नो इसारामा नाच्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीलाई कठपुतली प्रधानमन्त्री बनाउने रणनीतिमा लागेका छन् ।

संविधानले परिकल्पना नै नगरेको र संविधानमा प्रष्ट रुपमा उल्लेख गरिएको प्रावधान विपरित जनताले नपत्याएर निर्वाचनमा हराएका व्यक्तिलाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित गर्ने कोटामा वामदेव गौतमलाई मनोनित गराउने कार्यमा उनीहरु सफल भएका छन् । राष्ट्रपतिबाट मनोनित हुने कोटा विभिन्न क्षेत्रका विज्ञहरुको लागि व्यवस्था गरिएको हो । तर गौतम कुन क्षेत्रका विज्ञ हुन् ? सत्ताधारी दलकै एक नेताले बताएनुसार गौतम निर्वाचन विज्ञ हुन् । उनी गृहमन्त्री रहेका बेला उनले नेपाल कम्युनिष्ट पार्टी एमालेलाई बहुमत दिलाउन सफल भएका थिए ।

त्यही कारण आउँदो प्रतिनिधिसभाको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीलाई बहुमत दिलाउनको लागि गौतमलाई राष्ट्रियसभाको सदस्य बनाउनका लागि नेकपाका सबै नेताहरुले सहमति जनाएका हुन् । यसरी पार्टीभित्रको आन्तरिक द्वन्द्वलाई व्यवस्था गर्नकै लागि संविधान ऐन कानुनहरुको उल्लंघन गर्दै अघि बढ्ने हो भने वर्तमान राजनीतिक व्यवस्था नै परिवर्तन हुन सक्ने सम्भावना देखिन्छ ।

जनताले नपत्याएर चुनाव हराईदिएका व्यक्तिलाई कानुनका छिद्रा टेकेर फेरी सत्तामा पु¥याउनु भनेको सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको अपमान हो । मुलुक संकटमा परेको बेला सरकार र सबै राजनीतिक दल एकै ठाउँमा उभिएर समस्याको समाधान गर्नेतर्फ लाग्नुको बदला आ आफ्नो स्वार्थ पुरा गर्ने तर्फ लाग्नु भनेको कसैलाई के को धन्दा घरज्वाईंलाई खानकै धन्दा भन्ने नेपाली उखानलाई चरितात्र्र गर्नु बाहेक अन्य केही हुन सक्दैन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports