सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मिस वर्ल्डमा अझै किन थपिँदै छ भोटिङ समय ?

455
shares

६८ औं मिस वर्ल्डको फाइनल चीनको सान्यामा भोलि आयोजना हुँदैछ । नेपालकी श्रृंखला खतिवडा मिस वर्ल्डको टप ३० मा पुगिसकेकी छन् ।

ब्यूटी विथ प्रपोज अवार्ड र मल्टिमिडिया अवार्ड जितेसँगै श्रृंखलाले टप ३० (फाइनल राउन्ड) मा स्थान बनाएकी हुन् । उनले यसपाली उपाधिको बलियो दावेदारका रुपमा राष्ट्रिय-अन्तर्राष्ट्रिय चर्चा पाएकी छिन् ।

यसैबीच मिस वल्र्डले आफ्नो आधिकारिक फेसबुक पेजमा प्रतियोगीहरुर्लाइ भोलिसम्म नै भोटिङ जारी राख्न अपिल गरेको छ । यसअघि मल्टिमिडिया अवार्ड र हेड टु हेड च्यालेन्जका लागि भोटिङ आह्वान भएको थियो । यी दुवैको नतिजा आइसकेको छ । तर, मिस वर्ल्डले ८ डिसेम्बरसम्म भोटिङ गर्न सकिने भन्दै नयाँ सूचना निकालेको हो । श्रृंखलालाई पनि आफूलाई भोट जारी राख्न सामाजिक सञ्जालमा आग्रह गरेकी छन् ।

अहिलेको भोटिङ सम्भवतः टप १० का लागि हुन सक्ने पूर्वमिस नेपाल माल्भिका सुब्बा बताउँछन् । यद्यपि, उनी पनि यसमा निश्चित छैनन् ।
‘मिस वर्ल्डको फर्म्याट हरेक वर्ष परिवर्तन भइरहेको हुन्छ, त्यसैले उसले सँधै कन्फ्यूजन गराउँछ,’ उनले भनिन्, ‘यसपाली पनि त्यस्तै कन्फ्यूजन भइरहेको छ ।’

पछिल्लो भोटिङ के प्रयोजनका लागि हो भनेर प्रष्ट पारिदिन आफूले श्रृंखलालाई म्यासेज गरेको तर रिप्लाई पाइनसकेको उनले बताइन् । मिस वल्र्डले विश्वव्यापी भोटिङबाट दह्रो आम्दानी गरिरहेकाले पनि यसलाई निरन्तरता दिएको हुन सक्ने माल्भिकाको आशंका छ ।

मिस वल्र्डले बारम्बार परिवर्तन गर्ने उदारहण दिँदै माल्भिकाले भनिन्, ‘सन् २०१३ मा ब्यूटी विथ प्रपोजको अवार्ड विजेता घोषणा फाइनलको दिन मात्रै गरिएको थियो । नेपालकी इशानी श्रेष्ठ ब्यूटी विथ प्रपोजको अवार्ड जितेपछि सिधै टप १० मा पुगेकी थिइन् । यसपाली भने यो अवार्ड जितेर पनि श्रृंखला टप ३० मा मात्रै छिन् ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports