विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

तलब बृद्धि १५ प्रतिशत त्यसको मार जनतालाई

1.14K
shares

 

पाँच दलीय गठबन्धनको सरकारले आफ्नो नीति तथा कार्यक्रम र आर्थिक वर्ष २०७९÷८० को लागि बजेट ल्याएको छ । सरकारले स्रोत र खर्चको क्षमता विर्सेर ठुलो बजेट ल्याएको छ । सरकारले आउँदो प्रदेशसभा र संघीय संसदको निर्वाचनलाई हेरेर मतदाता रिझाउने कार्यक्रम सहितको ठुलो आकारको बजेट ल्याएको छ । गत वर्ष पनि यहि गठबन्धनको सरकारले पहिला केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेटलाई परिमार्जन गरेको थियो । त्यसबेला ओली सरकारले ल्याएको बजेटलाई घटाइएको थियो भने अहिले सरकारले आफ्नो हैसियत विर्सेर र स्रोत र खर्च गर्ने क्षमता नै नहेरी ठुलो आकारको बजेट ल्याएको छ ।
बजेटको आकार बढ्दैमा विकास निर्माणका कार्य हुन सक्दैन । सरकारले खर्च गर्न सक्ने क्षमता नबढाएसम्म जतिसुकै ठुलो आकारको बजेट ल्याएपनि त्यो खर्च हुन सक्ने सम्भावना नै देखिएको छैन । अहिलेको सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्याएको छ । सरकारले चालु आर्थिक वर्षको भन्दा २ खर्ब बढीको बजेट ल्याएको छ । चालु आर्थिक वर्षको लागि १६ खर्ब ३२ अर्ब रुपैँयाको बजेट सरकारले ल्याएको भएपनि उक्त बजेट खर्च हुन नसक्ने अर्धवार्षिक समिक्षा मार्फत बजेटको आकार घटाएर १५ खर्ब ४६ अर्ब बनाइएको थियो । त्यो बजेट पनि खर्च हुन सक्ने अवस्था देखिएको छैन । जेष्ठ १३ गते सम्म करिब ५५ देखि ६० प्रतिशत ९ खर्ब ५८ अर्ब रुपैँयामात्र खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले देखाएको छ ।
अब आर्थिक वर्षका अन्त्य हुन करिब डेढ महिनामात्र बाँकी रहँदा ८ खर्ब ८८ अर्ब रुपैँया खर्च गर्नुपर्ने हुन्छ यो वर्षकै बजेट खर्च गर्न नसक्ने सरकारले अझ बढाएर बजेट ल्याएको छ । आगामी वर्षका लागि पनि सरकारले स्रोत, साधन र खर्चको अवास्तविक आंकडा राखेर बजेट ल्याएको छ । बजेट निर्माण गर्दा स्रोत, साधन र खर्च गर्ने क्षमतालाई कसरी अघि बढाउने भन्नेमा कुनै विवेक पु¥याइएको छैन । आउँदो प्रदेशसभा र संघीय संसदको निर्वाचनलाई ध्यानमा राखेर मतदातालाई प्रभावमा पार्ने गरी बजेट ल्याएको छ । अहिलेको सरकारले ल्याएको बजेट संघीय संसदको निर्वाचन पछि पनि अहिलेकै गठबन्धनले सरकार बनाएपनि यो बजेट खर्च गर्न सक्ने क्षमता उनीहरुमा देखिएको छैन ।
सरकारले ल्याएको बजेटमा १२ खर्ब देखि सवा १२ खर्ब सम्मको रकम राजस्वबाट उठाउने लक्ष्य राखेको छ । त्यस बाहेक पनि २ खर्ब आन्तरिक ऋण उठाउने २ खर्ब भन्दा बढी बैदेशिक ऋणबाट जुटाइने र करिब ५० अर्ब रुपैँया बैदेशिक अनुदान प्राप्त हुने अनुमान तथा सहायताबाट प्राप्त हुने अनुमान गरेर बजेट ल्याइएको छ ।
चालु आर्थिक वर्षमा १० खर्ब रुपैँया चालु शिर्षकमा साढे १० खर्ब रुपैँया विनियोजित गरिएको थियो भने पुँजी खर्चमा पौनै ५ अर्ब छुट्याइएको थियो । बाँकी सवा दुई खर्ब रुपैँया वित्तिय व्यवस्था शिर्षकमा छुट्याइएको थिया । यो छुट्याइएको रकममा करिब १ अर्ब रुपैँया बजेट बैदेशिक ऋणको सावाँ ब्याज भुक्तानीमा खर्च हुनेछ । बजेट बृद्धिको औचित्य पुष्टि गर्न आगामी वर्षको पुँजीगत खर्च बृद्धि हुने दाबी गरिएको भएपनि त्यसलाई पत्याईहाल्ने आधारहरु सरकारले दिन सकेको छैन ।
सरकारका अनुसार विनियोजित बजेट मध्येको सबैभन्दा बढी अर्थात ३ खर्ब रुपैँया स्थानीय तहलाई हस्तान्तरण गरिएको छ भने प्रदेश सरकारलाई भने १ खर्ब १० अर्बको हाराहारीमा हस्तान्तरण गरिने उल्लेख गरिएको छ । यसरी बजेट विनियोजित भएकाले गर्दा स्थानीय तह र प्रदेश सरकारहरुलाई यस पटक गत वर्षको तुलनामा सामान्य मात्र बृद्धि हुने भएको छ । सबैभन्दा बढी बजेट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई दिइएको छ । यी दुवै मन्त्रालयको बजेटमा ७०÷७२ प्रतिशतले बृद्धि गरिएको छ ।
सरकारले तिर्न बाँकी रहेको रकम १८ खर्ब ४८ अर्ब पुगेको छ । गत फागुन मसान्त सम्ममा १८ खर्ब १९ अर्ब रुपैँया पुगेको छ । २०७८÷७९ अनुसार सरकारले ८ खर्ब ६३ अर्ब १९ करोड रुपैँया आन्तरिक र ९ खर्ब ८४ अर्ब ९९ करोड रुपैँया बाह्य ऋण तिर्न बाँकी रहेको छ । सरकारले तिर्न बाँकी रहेको ऋण हेर्दा अहिले प्रत्येक नेपालीको टाउकोमा ६५ हजार ५ सय ५६ रुपैँया बराबरको ऋण रहेको छ । पछिल्लो पाँच वर्षमा ऋण दोब्बरले बढेको छ । २०७४÷७५ मा ऋण ९ खर्ब १७ अर्ब बराबर थियो, २०७५÷७६ १० खर्ब ४८ अर्ब २०७६÷७७ मा १७ खर्ब ३३ अर्ब २०७७÷७८ मा उक्त ऋण बढेर १७ खर्ब ३७ अर्ब रुपैँया बराबर पुगेको छ । यहि आर्थिक वर्षको ८ महिनामा मात्र १ खर्ब ११ अर्ब रुपैँयाले ऋण बढेको छ ।
२०७८ असारसम्ममा १७ खर्ब ३७ अर्ब बराबरको ऋण थियो यसरी हरेक वर्ष ऋण बढ्दै जाँदा सावाँ र व्याजपनि बढ्दै गएको छ । सरकारले चालु आर्थिक वर्षको फागुनसम्ममा ६६ अर्ब ४७ करोड रुपैँया बराबरको व्याज तिरेको छ । साँवा व्याज भुक्तानीमा खर्च भएको यो रकम संघीय खर्चको तुलनामा १० प्रतिशत बराबर हो । अहिले संघीय खर्चको १० प्रतिशत खर्च बराबरको कुल बजेटको १० प्रतिशत रुपैँया साँवा र व्याज तिर्नेमा खर्च भईरहेको छ । यस वर्षको बजेट नै खर्च गर्न नसकेको सरकारले बजेट बृद्धि गरेर ल्याएपनि कार्यान्वयन हुनेमा आशंका छ ।
यसरी बजेटलाई हेर्दा र सरकारको खर्च गर्ने क्षमतालाई हेर्दा बजेट सन्तुलित रुपमा ल्याइएको छैन । स्रोत, साधन र खर्च गर्न सक्ने क्षमतालाई अभिबृद्धि नगरि ठुलो आकारको बजेट ल्याइनुको कुनै औचित्य देखिँदैन । कर्मचारीहरुको तलब बृद्धि भएपछि बजारमा महंगी बढ्ने भएकाले गर्दा जनता मूल्यबृद्धिको मारमा पर्ने निश्चित जस्तै रहेको छ । सरकारले जनताको हितमा मूल्यबृद्धि रोक्नुपर्नेमा केही प्रतिशत तलब बढाएको हुनाले जनता मारमा पर्ने भएका हामीले ठानेका छौँ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports