२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माओबादी पार्टी दाहाल एण्ड कंम्पनीमा परिणत

988
shares

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोलिटब्यूरो सदस्यमा आफ्नै परिवारका चार जनाको नाम समावेश गरेपछि चर्को विरोध भएको छ ।बिहीबार प्रज्ञा भवनमा जारी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको पोलिटब्यूरो सदस्यहरुको नाममा केन्द्रीय सदस्यहरुले नै आपत्ति जनाएका हुन् ।

नाम मापदण्ड विना आएको भन्दै हल बाट विरोध भएको हो । विरोधका कारण केही बेर बैठक अवरुद्ध भयो । सहभागीहरुले विशेष गरी मधेश प्रदेशलाई उपेक्षा गरिएको आरोप लगाएका छन् । पोलिटब्यूरो सदस्यमा प्रचण्ड सहित छोरी रेनु दाहाल, बुहारी वीना मगर र भाइ नारायण दाहाल पोलिटव्युरो सदस्य बनेका छन् ।

केन्द्रीय सदस्यमा भने कान्छी छोरी गंगा दाहाल र ज्वाइँ जीवन भने केन्द्रीय सदस्य बनिसकेका छन् । विवाद भएपछि प्रचण्डले पोलिटब्यूरो सदस्यहरुको अन्तिम नामवली ल्याउन केही समय लाग्ने बताइएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports