सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेकपा एकतामा लागि देउवा–दाहाल नै बाधक

611
shares

 

काठमाडौ । सत्ताधारी दल नेकपा एमालेको विवादलाई मिलाउने प्रयास तीव्र रुपमा अघि बढी रहेको बेला कांग्रेस माओवादी गठबन्धनमा रहेको माधव नेपाल समूहलाई एकतामा नजान कांग्रेसका सभापति शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका लागि परेका छन् । त्यसै क्रममा गत सोमबार सभापति देउवा र अध्यक्ष दाहाल माधव नेपालको निवासमै पुगेर करिब दुई घण्टा वार्ता गरेका थिए ।
नेकपा एमालेका दोस्रो तहका नेताहरुले पार्टी एकतालाई बचाई राख्नु पार्टी अध्यक्ष केपी ओली र माधव नेपाल समूहलाई दबाब दिईरहेका बेला देउवा र दाहालले माधव नेपाललाई कुनै सर्तमा पनि एकतामा नजान र आफूहरुबीच भएको सहमति अनुसार गठबन्धनलाई अझ बलियो बनाउँदै केपी ओलीलाई एक्ल्याउनुपर्ने सहमति समेत गरेका छन् । देउवा र दाहालले पछिल्लो समयमा नेकपा एमाले एकीकृत हुने सम्भावना बढेको भन्दै माधव समूहलाई आफ्नै गठबन्धनमा रहन दबाब दिईरहेका छन् । उनीहरुले प्रधानमन्त्री ओलीलाई अझ कमजोर बनाउन अहिलेसम्म लिएको रणनीति र अब लिन सक्ने रणनीतिका बारेमा समेत वार्ता गरेका छन् ।
पार्टी एकताका लागि प्रदेश सभाहरुबाट ओली नेपाललाई दबाब आइरहेको बेलामा नेपाल पक्षका दोस्रो तहका नेताहरु केही लचक भएको सन्देश देउवा र दाहालकहाँ पुगेको हुनाले नेपाल निवास कोटेश्वरमै पुगेर पार्टी एकतामा नजान नेपाललाई सुझाएका थिए । त्यस अवसरमा माधव नेपालले आफू गठबन्धनलाई बलियो बनाउनुपर्ने पक्षमा रहेको भन्दै आफूमाथि कुनै प्रकारको शंका उपशंका नगर्न देउवा र दाहाललाई आग्रह गरेका हुनाले स्वयम् माधव नेपाल पार्टी एकता चाहाँदैनन् भन्ने पुष्टि भएको छ ।
गठबन्धनलाई भत्काउने खेल भएको भन्दै माधव नेपालले आफ्नो समूह गठबन्धनबाट दायाँ बायाँ नहुने भन्दै पाँच दलीय गठबन्धनलाई अझ बलियो बनाउनुपर्ने र देउवा दाहाललाई आफूमाथि शंका नगर्न आग्रह समेत गरेका वार्तामा सहभागि भएको कांग्रेसका महामन्त्री पूर्ण बहादुर खड्काले बताएका छन् ।
नेकपाभित्रको विवादले गर्दा बागमति प्रदेश नं. १ लुम्बिनी प्रदेशका मुख्यमन्त्रीहरुको पद धरापमा परेका बेला दोस्रो तहका नेताहरुको प्रयासमा ती सबै प्रदेशमा नेकपा एमाले एकजुट भएको छ । कर्णाली प्रदेशमा र सुदुरपश्चिम प्रदेशमा नेकपा एमालेले एक्लै सरकार बनाउन सक्ने भएपनि पार्टीभित्रको विवादले गर्दा माधव नेपाल समूहले माओवादी केन्द्रका म्ुख्यमन्त्रीहरुलाई सहयोग र समर्थन गरिरहेका बेला अन्य प्रदेशहरुमा नेकपा एमाले एकीकृत भएपछि नेकपा एमाले एक हुन सक्ने भन्दै देउवा र दाहालले नै माधव समूहलाई उचाल्नु लोकतन्त्रको खिल्ली उडाउन बाहेक अन्य केही हुन सक्दैन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports