सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

‘शिखर टेलिभिजन’को अध्यक्ष खनाल

676
shares

 

काठमाडौ
हाँस्य बिद्यामा आफ्नो पृथक पहिचान बनाउन सफल हाँस्य कलाकार शेखर खनाल प्रसारणमा आउँने अन्तिम तयारीमा रहेको ‘शिखर टेलिभिजन’को अध्यक्ष जस्तो गरिमामय पदमा चयन हुनुभएको छ । खनाललाई टेलिभिजनको बोर्ड बैठकले अध्यक्षमा चयन गरेको हो । बिगत लामो समय देखि खनाल नेपाल टेलिभिजनबाट प्रत्येक शनिबार बिहान ९ बजे प्रसारण हुँदैं आइरहेको पुर्वाधार विकाससँग सम्बन्धी एक मात्र टेलिभिजन कार्यक्रम ‘विकास र वहस’का प्रस्तोता हुनुको साथै निर्माता एवं निर्देशक समेत रहदै आउनु भएको छ ।

उहाँले बिगत देखिनै रंगमञ्च र चलचित्र निर्देशक एवं हाँस्यव्यङग्यको क्षेत्रमा आफ्नो भूमिका निभाउदै आइरहनु भएको छ । अध्यक्षको जिम्मेवारी ग्रहण गर्दै उहाँले भन्नु भोः ‘नयाँ ढंग र सोचका साथ टेलिभिजन मार्फत पत्रकारितामा छिर्न लागेको हुँ यसमा सबैको साथ र सहयोग रहनेछ भन्ने विश्वास लिएको छु ।’ उहाँ एक समय निकै चर्चामा आएको हाँस्य टेलिश्रृंखला ‘झ्यांईंकुटी’मा भुइकटरको उपनामबाट निकै चर्चामा रहनु भएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports