kumari
stcnepal

उप्रेतीको ‘सुनको चुरा’

 

काठमाडौ
हिन्दु नारीहरुको महान पर्व तिज नजिकिँदै जाँदा गायक, गायिकाहरु तीज गीत सार्वजनिक गर्न आतुर देखिएका छन् । आफ्नो मनको पीडा गीतमार्फत पोख्ने र मायाप्रेमको कुराहरु पनि तिज गीतमार्फत पोखिरहेका छन् । तिजकै अवसर पारेर गायक बिर्ख बिश्वकर्मा, गायिका सरस्वती उप्रेतीको मिठो स्वर समेटिएको ‘सुनको चुरा’ बोलको तीज गीत शनिबार सार्वजनिक भएको छ ।

डम्बर बिश्वकर्माको शब्द, सम्झना बिसिको लय रहेको गीतको भिडियो अशोक सुनारले निर्देशन गरेका हुन् भने सुनिता गजमेरको कोरियोग्राफी रहेको छ । भिडियोमा शीतल केसी, राज गजमेर, अञ्जली अधिकारी, सोनी लगुन आदिको अभिनय रहेको छ । आक्स क्रियशन मिडिया एण्ड मुभिज प्रालिको प्रस्तुती रहेको तीज गीत ‘सुनको चुरा’ ओएसआर डिजिटल प्रालिको युट्युव च्यानल मार्फत सर्वजनिक भएको हो ।

footer