kumari
stcnepal

जनतालाई किन सोधिएन ? प्रश्न उठ्यो

 

काठमाडौं । धर्म फालियो,राजा फालियो, संघीयता घुसाइयो । किन जनतालाई सोधिएन ? तालीको गडगडाहटले पारित गरेको यो प्रस्ताव १२ बुँदे सहमतिको फलआउट हो । जसमा राष्ट्रले मूल्य चुकाइरहेको छ । रविन्द्र मिश्रले प्रश्न उठाए– ईन्डियन–पश्चिमाको लगानीमा नेपाली जनताको स्विकृती बिना लादिएको संघीयता, धर्मनिरपेक्षता खारेज गर ।राजनीतिमा यस्तो तरङ्ग उठ्न थाल्यो । बाद, प्रतिवाद चर्किन थाल्यो । सबै मनमा पाकिरहेका थिए, रविन्द्र मिश्रले बहसमा ल्याएकामात्र हुन् ।

यो राष्ट्रिय मुद्दा नै हो । यस बारेमा राप्रपाका अध्यक्ष कमल थापाले भनेका छन्– संघीयताको खारेजी, धर्मनिरपेक्षतावारे जनमत संग्रह र राजसंस्था पुनःस्थापनाका सम्बन्धमा विभिन्न पक्षबाट उठिरहेको आवाज सकारात्मक छ । विगतमा राप्रपा एक्लैले उठाउँदै आएको एजेण्डाको पक्षमा जनमत बढ्दैजानु र ति विषयमा राष्ट्रिय बहस हुनु राप्रपाको सफलता हो । हामी सही बाटोमा छौँ, प्रमाणित हुँदैछ ।अर्थात अर्को परिवर्तनका संकेतहरु देखिन थालेका छन् । देशले असल शासन खोज्दा खराव पाएकै कारण राष्ट्रिय मुद्धाहरु सतहमा चर्किन थालेका हुन् ।

footer