विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

टीआरसी विधेयक छलफलका लागि संसदीय समितिमा

819
shares

काठमाडौं ।‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ दफावार छलफलका लागि संसदीय पुगेको छ ।शुक्रबार प्रतिनिधिसभामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद बन्दीले विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्तुत गरिएको प्रस्तावलाई सर्वसम्मत रुपमा स्वीकृत गरेको छ ।

यो विधेयकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलका सांसदहरुले संशोधन हालेका छन् । एमालेका सांसदहरुले हत्या, यौनजज्य हिंसा, अपहरण तथा शरीर बन्धक र अन्तर्राष्ट्रिय मानवअधिकार वा मानवीय कानुन विपरीत गरिएका अमानवीय कार्यलाई मानवअधिकारको गम्भीर उल्लंघनमा राख्नुपर्ने भनी संशोधन हालेका छन् । सत्य निरुपण तथा वेपत्ता आयोगले सिफारिस गरे अनुसार चल्ने मुद्दा हेर्न बन्ने विशेष अदालतका न्यायाधीशहरु न्याय परिषदको परामर्शमा नभई सिफारिसमा हुनुपर्ने संशोधन प्रस्ताव पनि एमालेका सांसदहरुको छ ।

नेकपा माओवादी केन्द्रका सांसदहरुले बेपत्ता पारिएको व्यक्तिको यथार्थ पत्ता लागेपछि मारिएको भए शहीद र मारिएको पुष्टि हुन नसके बेपत्ता योद्धा घोषणा गर्नुपर्ने भनी संशोधन हालेका छन् । उनीहरुलाई राष्ट्रिय शहीदहरु सरह सम्मान गर्नुपर्ने पनि माओवादी सांसदहरुको संशोधन प्रस्ताव छ ।

साथसाथै, पीडितलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिनुपर्ने, रोजगारी उपलब्ध गराउने र रोजगारीको व्यवथा नभएसम्म बेरोजगार भत्ता दिनुपर्ने र उद्योग व्यवसाय गर्न इच्छुक पीडितहरुलाई अनुदानमा रकम उपलब्ध गराउनुपर्ने लगायतका विषय पनि माओवादी केन्द्रका सांसदहरुले हालेको संशोधन प्रस्तावमा उल्लेख छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports