विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माओवादी केन्द्रको उम्मेदवार छनोट गरेर पठाउन पालिका, संघ/प्रदेश निर्वाचन क्षेत्र र जिल्लाहरूलाई निर्देशन

689
shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीले आसन्न चुनावको लागि १३ वटै जिल्लाका सबै संघ र प्रदेश निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवार छनोट गरेर पठाउन पालिका, संघ/प्रदेश निर्वाचन क्षेत्र र जिल्लाहरूलाई निर्देशन दिएको छ।

बागमती प्रदेश कमिटीको बिस्तारित बैठकले यस्तो निर्देशन दिएको प्रदेशका सचिव इन्द्रबहादुर थिङले जानकारी दिए। बैठकका निर्णय कार्यान्वयन गर्न भन्दै जारी गरेको सर्कुलरमा उम्मेदवार सकेसम्म सर्वसम्मत छनोट गर्न भनिएको छ।

नाम सिफारिस गर्दा पहिलो प्राथमिकता पार्टी प्रतिवद्धता, अनुशासन र संगठनात्मक लगाव भएका र चुनाव जित्ने सम्भावना भएका तर यसअघि निर्वाचित नभएकाहरुलाई दिनुपर्ने सर्कुलरमा उल्लेख छ। त्यस्तै अत्यन्तै विशिष्ठ स्थिति बाहेक एकपटक समानुपातिकमा संसद भइसकेकाहरुलाई फेरि सिफारिस नगर्न समेत भनिएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports