विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेकपा एकीकृत समाजवादी सर्लाहीका अधिकांश पदाधिकारी नेकपा एमालेमै फर्किए

598
shares

जनकपुरधाम।पार्टी फुटको औचित्य पुष्टि गर्न नसकेको तथा माओवादीमा विसर्जन गर्न सुरू गरेको भन्दै नेकपा एकीकृत समाजवादी सर्लाहीका अधिकांश पदाधिकारी नेकपा एमालेमै फर्किएका छन् । शुक्रबार जिल्लाका उपाध्यक्ष सहितका पदाधिकारी एमालेमै फर्किएका हुन् ।

जिल्ला कमिटी उपाध्याक्ष देवेन्द्र राय, सचिव गोविन्द अधिकारी, उपसचिव लिलादेवी कोइराला, केन्द्रीय परिषद सदस्य रूप नारायण सिंह, प्रचार विभाग प्रमुख तथा हरिवन नगर कमिटी अध्यक्ष चूडामणि वाग्ले, ईश्वरपुर नगर कमिटीका अध्यक्ष मेन कुमार गौतम, हरिपुर नगर कमिटी अध्यक्ष चूडामणि धामी सहितका नेताहरु एमालेमै फर्केका हुन् ।

मलगंवा स्थित एमालेको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य एवं सर्लाही ईन्चार्ज कमला देवी महतो, सह–ईन्चार्ज बद्री न्यौपाने, प्रदेश उपाध्यक्ष रेवती पन्त, जिल्ला अध्यक्ष राजनारायण साह सहितकाले उनीहरुलाई अबिर र खादा लगाइदिएर स्वागत गरेका छन् ।

कार्यक्रममा उपाध्यक्ष राय र सचिव अधिकारीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आफूहरु एमालेमै फर्किएको बताए। विभिन्‍न घट्नाक्रमले आगामी संसदीय निर्वाचन पछि यो पार्टी नै नरहने देखिएकाले अब पनि यो पार्टीमा रहिरहनुको औचित्य नदेखिएको बताएका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports