विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सभामुख सत्ता गठबन्धनको पपेट बनेको खिमलाल भट्टराईको आरोप

754
shares

काठमाडौं ।प्रमुख प्रतिपक्षी नेकपा एमाले, राष्ट्रियसभा दलका नेता खिमलाल भट्टराईले सभामुख सत्ता गठबन्धनको पपेट (कठपुतली) बनेको आरोप लगाएका छन् ।

शुक्रबार नागरिकता विधेयक माथि राष्ट्रिय सभामाथि भएको छलफलमा भाग लिँदै भट्टराईले संसदमा समन्वय गनुृपर्ने भूमिकामा सभामुख चुकेको बताए । राष्ट्रपतिले सन्देश सहित फिर्ता गरेको नागरिकता विधेयक माथि प्रतिनिधिसभामा गम्भीर रुपमा छलफल होला भन्ने सोचेको भए पनि त्यसो नभएको उनले बताए ।

सत्ता पक्षका नेताहरु बसेर हुबहु पास गर्ने निर्णय गरेको भन्दै उनले भने, ‘सत्ता पक्षका नेताहरुमा दम्भ छ, हामी दीर्घजीवी भयौं, यो सत्तालाई कसैले डगमगाउन सक्दैन भनेर अहंकार छ । त्यसको पपेडका रुपमा सभामुख हुनु दुःखद हो ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports