मिडिया काउन्सिल विधेयकमा भाद्र २० सम्म संशोधन प्रस्ताव हाल्न पाउने
वि.सं.२०७९ भदौ १७ शुक्रवार १६:५८
shares

काठमाडौं ।प्रतिनिधिसभामा पुगेको मिडिया काउन्सिल विधेयकमा यही भदौ २० गते सम्म संशोधन प्रस्ताव दर्ता गर्न सकिने भएको छ । प्रतिनिधिसभामा शुक्रबार पेस भएको विधेयकमा २० गते सोमबार दिउँसो साढे २ बजेसम्म विधायक शाखामा संशोधन प्रस्ताव दर्ता गर्न सकिने संघीय संसद सचिवालयले जनाएको हो ।
उक्त विधेयकमा सरकारले आचारसंहिता विपरीत कुनै सामग्री प्रकाशन वा प्रसारण गरेर व्यक्तिको मर्यादा वा प्रतिष्ठामा आँच पुर्याए २५ हजार देखि १० लाख रूपैयाँ सम्म जरिवाना गर्ने व्यवस्था राखेको छ ।



































