विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रियसभाका समितिहरूमा ४ दलको भागबण्डा, २३ गते निर्णय हुने

650
shares

काठमाडौं ।करिब सात महिना देखि रिक्त रहेका राष्ट्रियसभाका चार वटा विषयगत समितिले भदौ २३ गते नेतृत्व पाउने भएका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले शुक्रबार ४ वटा समितिको सभापति चयनका लागि भदौ २३ को मिति तोकेको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिए ।

अध्यक्षको निर्देशनपछि सचिव फुयालले निर्वाचन कार्यतालिका सार्वजनिक गर्नेछन् । चार वटा समितिमा चार प्रमुख दलले एक एक वटा सभापति लिएर निर्विरोध चयन गर्ने समझदारी बनेको स्रोतले जनाएको छ । राष्ट्रियभाको सबैभन्दा ठूलो दल नेकपा एमालेले राष्ट्रिय सरोकार समितिको सभापति पाउने भएको छ । एमालेकी पार्वती रावल (दीलकुमारी) दोस्रो पटक सभापति हुने बताइएको छ । त्यस्तै दोस्रो दल माओवादीका मायाप्रसाद शर्मा प्रत्यायोजित व्यवस्था समितिको सभापति बन्ने भएका छन् ।

तेस्रो दल नेपाली कांग्रेसका प्रकाश पन्थ दिगो विकास तथा सुशासन समिति र नेकपा एसका बेदुराम भुसाल विधायन समितिको सभापति हुनेगरी दलहरू बीच समझदारी बनेको बुझिएको छ । राष्ट्रियसभाका तीन वटा समितिको सभापति फागुन देखि रिक्त थिए भने पार्वती रावलको २ वर्षको कार्यकाल सकिएर सो समिति पनि रिक्त थियो । राष्ट्रियसभाका समिति सभापतिहरुको निर्वाचन प्रत्येक २ वर्षमा हुने निमायवलीको व्यवस्था छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports