विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अफ्ताब आलमलाई पार्टीले प्रतिनिधिसभा सदस्यको उम्मेदवार नबनाउने कांग्रेसका महामन्त्री गगन थापाको संकेत

663
shares

काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेलमा रहेका अफ्ताब आलमलाई पार्टीले प्रतिनिधिसभा सदस्यको उम्मेदवार नबनाउने संकेत गरेका छन् ।

साहित्यकार रामलाल जोशीको पुस्तक ‘बाआमा’ सार्वजनिक कार्यक्रममा साहित्यकार नयनराज पाण्डेले आलमलाई उम्मेदवार बनाउन सिफारिस गरेकोमा प्रश्न उठाएका थिए । ‘इँटा भट्टामा मान्छे जलाएको अभियोग लागेकालाई कांग्रेसले उम्मेदवार बनाउँदैछ, यसका बारेमा हाीले कथा लेख्ने दिन आउँदैछ’ उनले बोलेका थिए ।

उनीपछि बोलेका कांग्रेस महामन्त्री थापाले आलमको नाम त लिएनन्, तर नैतिकताको प्रश्न उठेकालाई समेत सांसद नबनाइने बताए । थापाले भने, ‘संविधानले बर्जित गरेको मात्र होइन, नैतिकताको कसीमा राखेर हेर्दा यो निर्णय हामीले गरेको हो भनेर छाती ठोकेर भन्न नसक्ने कुनै पनि निर्णय हाम्रो पार्टीले गर्दैनौं ।’

कांग्रेसको रौतहटको क्षेत्र नम्बर २ को क्षेत्रीय समितिले पुर्पक्षका लागि जेलमा रहेका आलमलाई उम्मेदवार बनाउन सर्वसम्मत रुपमा सिफारिस गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports