तालिबानहरू अफगान राष्ट्रपतिको कार्यालयमा
वि.सं.२०७८ साउन ३२ सोमवार १४:१०
shares

काठमाडौँ ।
विद्रोही समूह तालिबानले अफगानिस्तान कब्जामा लिएको छन् । झन्डै ६ हजार अमेरिकी सैनिक काबुलमा तैनाथ भएकै बेला तालिबानहरू आइतबार साँझ राष्ट्रपति कार्यालयमा प्रवेश गरेका छन् ।
आइतबार बिहानमात्रै राजधानी काबुल गएका तालिबानहरूले दिउँसो शक्ति हस्तान्तरणका लागि वार्ता गर्ने जनाएका थिए । राष्ट्रपति असरफ घानी देश छोडेर भागेपछि उनीहरू साँझ राष्ट्रपति कार्यालयमा गएका हुन् ।
































