२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली सेनाका पूर्व रथी महत मृत फेला परे

1K
shares

नेपाली सेनाका पूर्वरथी बलदेवराज महत मृत फेला परेका छन्। शनिबार बिहान करिब ८ बजेतिर उनी काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-९ मण्डिखाटार स्थित घरमा मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले जानकारी दिए।

उनी झुन्डिएको अवस्थामा मृत फेला परेको उनले बताए। उनी बिहान झुन्डिएको अवस्थामा फेला परेपछि ह्याम्स अस्पताल लगिएको थियो। त्यहाँ बाट मृत घोषणा भएपछि पोष्टमर्टमको लागि महाराजगन्ज स्थित टिचिङ अस्पताल लगिएको थियो।

पोष्टमर्टम सकेर शव पनि परिवारले बुझिसकेका छन्। उनको मृत्युको कारण खुलिनसकेको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए। प्रहरीले पनि घटनास्थल बाट कुनै नोट फेला पारेको छैन। महतले पाँच वर्षअघि सेना बाट अवकाश पाएका थिए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports