गठबन्धन सँग कुरा मिले रवि लामिछानेको पार्टी सरकारमा जाने
वि.सं.२०७९ मंसिर २५ आइतवार १४:२०
shares

काठमाडौं ।रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुने भएको छ ।सरकारमा सहभागी हुनका लागि अहिले रवि लामिछानेले गठबन्धन सँग छलफल गरिरहेका छन् । सरकारमा सहभागी हुने विषय लगभग पक्का जस्तै भएको बताइएको छ ।
रास्वपाले गठबन्धन समक्ष १० एजेण्डाहरु राखेको बताएको छ । ति एजेण्डाहरुमा गठबन्धन सँग कुरा मिले सरकारमा जाने रास्वपाको तयारी छ । रास्वपाले विदेशमा बस्ने नेपालीले भोट हाल्ने अधिकार, भ्रष्टाचार नियन्त्रण र विश्वविद्यालय क्षेत्रको सुधार लगायतका एजेण्डाहरु अगाडि सारेको बताइएको छ ।



































