२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संसदका महासचिवले सर्बोच्च अदालतलाई पठाए आफ्नो जवाफ महाभियोग बारेको

650
shares

काठमाडौं ।संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले आफूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको निलम्बन निष्प्रभावी भएको भनी दिएको पत्रका कारण संवैधानिक इजलासमा पठाउने जवाफी पत्र सर्वोच्च अदालतलाई पठाएका छन् ।

जवाफमा उनले सर्वाेच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको पठाएको पत्रबारे सोधेको प्रश्नको अहिले जवाफ दिइरहन नपर्ने जनाएका छन् ।

जबरालाई निलम्बन निष्प्रभावी भएको पत्र दिएपछि सर्वोच्च अदालतको पूर्ण बैठकले पत्रको कानूनी आधार खुलाउन भन्दै ४ वटा प्रश्न राखेर लिखित जवाफ माग गर्दै संघीय संसदका महासचिवलाई मंसिर २२ मा पत्र पठाएको थियो । तर त्यसपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त पत्र कार्यान्वयनमा रोक लगाउँदै विपक्षी सँग ७ दिन भित्र लिखित जवाफ माग गर्ने आदेश दिएको थियो ।

पत्र पाएपछि महासचिव गौतमले आइतबार सर्वोच्च अदालतलाई पत्र लेखी पूर्ण बैठकले मागेको प्रश्नको जवाफ पनि संवैधानिक इजलासमा पठाउने बताएका हुन् । सर्वोच्चले पत्रमा केही प्रष्ट हुनुपर्ने भनेपछि सर्वोच्च प्रशासनले संघीय संसदका महासचिवलाई पत्र लेखेको थियो ।

‘‘सर्वोच्च अदालतको पूर्ण बैठकको २०७९/०८/२१ को निर्णय अनुसार सोधिएको विषयहरुको जानकारी पनि अन्तरिम आदेशको लिखित जवाफको क्रममा नै समावेश हुने व्यहोरा पूर्ण बैठक समक्ष सादर अनुरोध गर्दछु’ गौतमले पत्रमा भनेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports