२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

समानुपातिक तर्फको बन्दसूची सच्याउन दलहरूलाई निर्वाचन आयोगको पत्राचार

988
shares

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको बन्द सूचीको विवरण सच्याउनका लागि दलहरुलाई समय दिएको छ । आयोगले त्रुटी गरेर समानुपातिक उम्मेदवारहरूको नाम पठाउने राजनीतिक दलहरुलाई त्रुटी सच्याएर पुनः विवरण पठाउनका लागि भोलि (सोमबार) दिउँसो ४ बजेसम्मका लागि समय दिएको हो । यस सम्बन्धमा जानकारी दिँदै निर्वाचन आयोगको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका प्रवक्ता गुरुप्रसाद वाग्लेले प्रतिनिधि सभा अन्तर्गत दलहरूले बुझाएको समानुपातिक उम्मेदवारहरूको विवरणमा सच्याउनुपर्ने अवस्था नभएको बताए ।

केही राजनीतिक दलहरूले प्रदेश सभाका लागि पठाएको समानुपातिक उम्मेदवारको विवरणमा भने त्रुटी देखिएकाले सो विवरण सच्याएर आयोगमा पठाउनका लागि राजनीतिक दलहरुलाई पत्राचार गरिएको उनले बताए । उनले आयोगले दलहरू बाट त्रुटी सच्याएको विवरण प्राप्त गरेपछि उम्मेदवारहरूलाई निर्वाचित घोषणा गर्ने र प्रमाणपत्र वितरण हुने जानकारी दिए ।

उनले भने – ‘आज हामीले छानबिन गर्दा केही केही राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत नमिलेको देखियो । त्यो विषयमा आज हामी राजनीतिक दलहरुलाई पत्राचार गर्छौ । र नमिलेको विवरण भोलि सोमबार ४ बजे सम्म राजनीतिक दलहरूले त्यो विवरण सच्याएर आयोगमा पेस गर्नुपर्छ । अनि आयोगले त्यसरी पेस भएको नामावलीहरुलाई निर्वाचित हुनेगरी निर्णय गर्छ । प्रतिनिधिसभातर्फ पेस भएको बन्दसूचीको विवरणमा कुनै पनि सच्याउनुपर्ने अवस्था छैन । सबै दलले पेस गरेको विवरण ठीक छ । प्रदेश सभा तर्फ केही–केही राजनीतिक दलले पेस गरेको विवरणमा अल्पसंख्यक दुई जना सिफारिस गर्नुपर्नेमा एकजना सिफारिस गरिएको देखिएको छ ।’

उनले १४ वटा राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणाली तर्फ बाट उम्मेदवार निर्वाचित गर्न पाउने गरी मत प्राप्त गरेको र सबैले शनिबार नै बन्दसूचीमा रहेका उम्मेदवारहरूको नामावली पेस गरेका उल्लेख गरे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports