गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सत्ता राजनीतिमा ब्ल्याकमेलिङ् शैली

533
shares

 

काठमाडौं । संसदमा नैतिकहीन रुपमा प्रस्तुत भएपछि सभामुख नैतिक संकटमा फसेका छन् । एमालेले कारवाही गरेको सांसदको सूची सार्वजनिक नगरेर पार्टी फुटाउने वातावरण मिलाएको र एमाले फुटाउन भूमिका खेलेको आरोप ब्यहोरिरहेका सभामुख अग्नि सापकोटा राजीनामा दिनैपर्ने बाध्यात्मक स्थितिमा पुगेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्ना निकटका व्यक्ति सभामुखलाई बचाउन ब्ल्याकमेलिङ शैलीमा उत्रिएका छन् ।प्रचण्डले भित्रभित्रै सभामुखलाई राजीनामा दिन बाध्य पारिए एमाले अध्यक्ष ओलीका निकट मानिएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग प्रस्ताव ल्याउन हस्ताक्षर अभियान चलाइसकेका छन् ।

प्रचण्डले माधव गुट, जसपा र राजमोलाई मिलाएर संसदको २७५ मा जम्माजम्मी ६१ सिट भएको र जनताले ५ वर्ष प्रतिपक्षीमा बस्न जनादेश दिएको कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर ओलीलाई सत्ताबाट बेदखल गर्न त सफलता हासिल गरे । तर २ महिनादेखि मन्त्रिमण्डल समेत गठन गर्न नसकेकोमात्र होइन, देशमा अन्यौलको स्थिति खडा गर्नसमेत मुख्य भूमिका खेलेका छन् । ५ दलीय मोर्चा भनेर खुबै प्रचारमा आएको र संसद हुँदाहुँदै सर्वोच्च अदालतको परमादेशबाट बनेको सरकारभित्र ठूलै रडाको सुरु भएको छ ।

माधव नेपाल गुट सत्तामा गइहाल्न नसक्ने, जसपा र माओवादी केन्द्रलाई छानेको मन्त्रालय दिनुपर्ने र कांग्रेसभित्र महाधिवेशनतिर लाग्ने कि सत्ता सञ्चालनतिर हेर्ने भन्ने द्विविधाले सरकार कुहिराको काग बन्न पुगेको छ । यो अवस्थामा सरकार विस्तार हुनै नसक्ने भनिरहेका छन् राजनीतिक विश्लेषकहरु ।
एमालेले संसद अवरोध गरिरहेको छ । बजेट खर्चसमेत गर्न नसक्ने भ्याकुमको स्थितिले सरकार आफै ढलिसक्यो भन्दा हुन्छ । नैतिकहीन भएर प्रम देउवा र सभामुख पदमा बसिरहने कि चुनाव अघि नैतिकता देखाएर राजीनामा दिने भन्ने दोधारमा परेका छन् ।यही स्थितिबाट देउवा र सभामुखलाई बचाउन प्रचण्ड सभामुख र सरकारतिर तारो हान्ने हो भने राष्ट्रपतिमाथि क्षेप्यास्त्र ठोकिने तैयारीमा जुटेका छन् ।

लोकतन्त्रमा यहाँसम्मको अपराधिकरण पनि देखाए प्रचण्डले ।यता एमसिसी अप्ठेरोमा परेको छ । एमसिसी पास नगरे कुनै पनि अन्तर्राष्ट्रिय सहयोग रोक्ने चेतावनी फातिमा सोमारले दिइसकेकी छिन् । चीनले कुनै पनि सर्त नराखी एमसिसीले दिएको भन्दा दोब्बर आर्थिक सहयोग दिने सन्देश दिएर अमेरिकालाई अप्ठेरोमा पारिदिएको छ । ५ दलीय सत्ता गठबन्धनले देशलाई कुन भड्खालोमा हाल्ने हुन् यसै भन्न सकिने अवस्था देखिदैन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports