kumari
stcnepal

मल नल्याएको उपहार प्रवल जनसेवा श्री

काठमाडौँ । ओली सरकारको पालामा ठेक्का लिएर पनि मल नल्याएर कालो सूचिमा परेका ठेकेदार हुमनाथ कोईरालालाई सरकारले संविधान दिवसको दिन प्रवल जनसेवा श्री दिएर विभूषीत गरेको छ । कोइरालाको होनीको मल्टिपलले कृषि सामाग्री कम्पनीवाट मल ल्याउने ठेक्का लिएका थिए तर संस्थाले पटक÷पटक आग्रह गर्दापनि उनले मल ल्याएका थिएनन् । उनी आफै होनीको मल्टिपल प्रालिका सञ्चालक हुन् ।

त्यसै कारण उनलाई पदक दिईएको छ ।
कोइराला सञ्चालक रहेको होनीको प्रालिले मल नल्याएको भन्दै गत साल भाद्रमा कृषि सामाग्री कम्पनीले कोइरालाको होनीको प्रालिलाई कालो सूचिमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्र पठाएपछि होनीको प्रालिलाई २०२१ मार्च ६ देखि २०२२ मार्च ५ तारिखसम्म ठेक्कामा सहभागी हुन नपाउने गरी कालो सूचिमा राखेको थियो । कृषि सामाग्री कम्पनीका अनुसार यो अवधिमा उनले कुनैपनि ठेक्कामा भाग लिन नपाउने र कुनै ठेक्का नपाउने गरी कालो सूचिमा राख्न सिफारिस गरिएको थियो । कालो सूचिमा परेको ६ महिना नपुग्दै होनीको सञ्चालक कोइराला पनि विभूषण पाउनेमा परेका छन् । देश र जनताका लागि योगदान दिने व्यक्तिहरुको सम्मानार्थ हरेक वर्ष संविधान दिवसका दिन सरकारले विभिन्न व्यक्तिलाई मान पदवी अलंकार दिने घोषणा गर्दछ ।

त्यसरी घोषणा गरीएको मानपदवी अलंकार प्रत्येक सालको नयाँ वर्ष वैशाख १गते राष्ट्रपति कार्यालयमा विशेष समारोह आयोजना गरी राष्ट्रपतिद्धारा प्रदान गर्ने गरीएको छ । संविधान दिवसको अवसर पारेर असोज ३ गते ९३१ जनालाई विभिन्न पद वाट सम्मान गरिने घोषणा भएको छ । यसपालि २५ किसिमका विभूषण घोषणा गरिएको छ त्यस्मा ११ किसिमका मानपदवी, ८ किसिमका अलंकार, ६ किसिमका पदक रहेकोमा प्रवलजनसेवा श्री विभूषणको १०८ नम्वरमा कोइरालाको नाम रहेको छ ।

देउवा सरकारले केपी ओली सरकारलाई वदनाम गर्न अथवा मल ल्याउन नसकेको आरोप लगाउनैको लागि मल नल्याएर हाल सरकारमा सहभागी भएको पाँच दलिय गठवन्धनलाई सहयोग पुर्याएको हुनाले उनलाई विभूषण प्रदान गरिएको छ । यस पालि अघिल्लो ओली सरकारको विरोधमा रहेकाहरुले नै मानपदवी अलंकार पाएका छन् । न्यायलयलाई पनि त्यसै कोटीमा राखेर न्यायधिसहरु लाई पनि मानपदवी बाढिएको छ ।

footer