सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मल नल्याएको उपहार प्रवल जनसेवा श्री

507
shares

काठमाडौँ । ओली सरकारको पालामा ठेक्का लिएर पनि मल नल्याएर कालो सूचिमा परेका ठेकेदार हुमनाथ कोईरालालाई सरकारले संविधान दिवसको दिन प्रवल जनसेवा श्री दिएर विभूषीत गरेको छ । कोइरालाको होनीको मल्टिपलले कृषि सामाग्री कम्पनीवाट मल ल्याउने ठेक्का लिएका थिए तर संस्थाले पटक÷पटक आग्रह गर्दापनि उनले मल ल्याएका थिएनन् । उनी आफै होनीको मल्टिपल प्रालिका सञ्चालक हुन् ।

त्यसै कारण उनलाई पदक दिईएको छ ।
कोइराला सञ्चालक रहेको होनीको प्रालिले मल नल्याएको भन्दै गत साल भाद्रमा कृषि सामाग्री कम्पनीले कोइरालाको होनीको प्रालिलाई कालो सूचिमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्र पठाएपछि होनीको प्रालिलाई २०२१ मार्च ६ देखि २०२२ मार्च ५ तारिखसम्म ठेक्कामा सहभागी हुन नपाउने गरी कालो सूचिमा राखेको थियो । कृषि सामाग्री कम्पनीका अनुसार यो अवधिमा उनले कुनैपनि ठेक्कामा भाग लिन नपाउने र कुनै ठेक्का नपाउने गरी कालो सूचिमा राख्न सिफारिस गरिएको थियो । कालो सूचिमा परेको ६ महिना नपुग्दै होनीको सञ्चालक कोइराला पनि विभूषण पाउनेमा परेका छन् । देश र जनताका लागि योगदान दिने व्यक्तिहरुको सम्मानार्थ हरेक वर्ष संविधान दिवसका दिन सरकारले विभिन्न व्यक्तिलाई मान पदवी अलंकार दिने घोषणा गर्दछ ।

त्यसरी घोषणा गरीएको मानपदवी अलंकार प्रत्येक सालको नयाँ वर्ष वैशाख १गते राष्ट्रपति कार्यालयमा विशेष समारोह आयोजना गरी राष्ट्रपतिद्धारा प्रदान गर्ने गरीएको छ । संविधान दिवसको अवसर पारेर असोज ३ गते ९३१ जनालाई विभिन्न पद वाट सम्मान गरिने घोषणा भएको छ । यसपालि २५ किसिमका विभूषण घोषणा गरिएको छ त्यस्मा ११ किसिमका मानपदवी, ८ किसिमका अलंकार, ६ किसिमका पदक रहेकोमा प्रवलजनसेवा श्री विभूषणको १०८ नम्वरमा कोइरालाको नाम रहेको छ ।

देउवा सरकारले केपी ओली सरकारलाई वदनाम गर्न अथवा मल ल्याउन नसकेको आरोप लगाउनैको लागि मल नल्याएर हाल सरकारमा सहभागी भएको पाँच दलिय गठवन्धनलाई सहयोग पुर्याएको हुनाले उनलाई विभूषण प्रदान गरिएको छ । यस पालि अघिल्लो ओली सरकारको विरोधमा रहेकाहरुले नै मानपदवी अलंकार पाएका छन् । न्यायलयलाई पनि त्यसै कोटीमा राखेर न्यायधिसहरु लाई पनि मानपदवी बाढिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports