kumari
stcnepal

एमसीसीलाई अरुण, फास्ट ट्रयाकसँग जोडेर प्रचार

काठमाडौं । एमसिसीका पदाधिकारीहरुले एमसिसीलाई अरुण तेश्रो र निजगढ जोड्ने फास्टट्रयाकजस्तै राष्ट्रिय प्राथमिकताको आयोजना भनेर प्रचार गर्न थालेका छन् ।२ खर्ब ८० अर्बको फास्ट ट्य्राक, अध्ययनमा मात्र साँढे २ अर्ब खर्च भएको ४०२ मेगावाटको सवा खर्ब लागतको अरुण तेश्रो र ५५ अर्बको एमसिसी उस्तै उस्तै हो रे । प्रचारको यो र्शैलीलाई ठूला मिडियाहरु मार्फत अघि सारेर संसदबाट पारित गर्ने मेसो मिलाउने तरिका गजबकै देखिएको छ ।

यो त नेपाली शासकको बेइमानी र भारतको होल्ड गर्ने नीतिले अरुण तेश्रो कहिले बन्छ भन्न सकिन्न । तर फास्ट ट्य्राक नेपाली सेनाको जिम्मामा छ र काम अघि बढिरहेको छ । एमसिसी जस्तो सानो योजनालाई यति ठूलो महत्व दिनु भनेको पलायनवादी मानसिकता हो ।

२ दिनको सेयर कारोवारजति रकमको एमसिसी पनि त्यति ठूलो प्राथमिकता दिनको अर्थ के हो ? एमसिसीले बनाउने भनिएको प्रशारण लाइन र सडकमा जनताको सेयर सहभागिता मागियोस्, भोलिपल्टै यति रकम उठ्न सक्छ हो अमेरिकासँगको सम्बन्ध पुरानो हो, सम्बन्धलाई सुधार्नुपर्छ, खलबलिनचाहिं दिनुहुन्न । यो कूटनीतिक क्षमताको प्रश्न हो ।

 

footer