सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज एमालेले जिल्ला अधिवेशन गर्दै, ओलीद्धारा उद्घाटन

455
shares

काठमाडौं  । नेकपा एमालेले आज जिल्ला अधिवेशन गर्ने भएको छ। सम्भव भएसम्म ७७ जिल्लामै आज अधिवेशन गरिने एमालेले बताएको छ। अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ।राष्ट्रिय महाधिवेशन गरिसकेर एमालेले जिल्ला र प्रदेश अधिवेशन गर्न लागेको हो।

गत मंसिरमा भएको दसौं महाधिवेशनबाट ओलीको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी गठन भएको थियो। आज अध्यक्ष ओलीले थापाथालीस्थित केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअलरुपमा जिल्ला अधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको पार्टीका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताएका हुन्।

एमाले केन्द्रीय कमिटीले पुस २३ मा जिल्ला र माघ ८ मा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको थियो।एमालेले जिल्ला तथा प्रदेश अधिवेशनका लागि दशौँ राष्ट्रिय महाधिवेशनका लागि निर्धारण गरिएको पार्टी सदस्यतालाई नै आधार बनाउनेछ।अधिवेशनका लागि प्रतिनिधि चयनको अनुपात र मापदण्ड पार्टी विधानको व्यवस्थाअनुसार सम्बन्धित कमिटीले तय गर्नेछ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports