तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सँगै पढेका साथी सम्झदै ‘हेल्लो जिन्दगी’

403
shares

काठमाडौं। केही दिन अघि फस्र्टलुक पोस्टर सार्वजनीक गर्दै चैत्र ११ गतेलाई प्रदर्शन मिति तोकेको फिल्म ‘हेल्लो जिन्दगी’ ले प्रचारप्रशारलाई ब्यापक बनाउदै लगेको छ । सोही क्रममा फिल्मका प्रमुख अभिनेता तथा निर्माता बिक्रम डि जोशीले आफ्ना स्कुले साथीहरुलाई ‘हेल्लो जिन्दगी’ का तर्फबाट मायाको चिनो प्रदान गरेका छन् ।

अभिनेता जोशीले आफू पढेको स्कुल सिद्धार्थ बनस्थली–२०४७ को ब्याचले शनिबार राजधानीको मनास्लु होटलमा आयोजना गरेको बिद्यार्थी पुनर्मिलन समारोहमा आफ्नो फिल्मको तर्फबाट ‘हेल्लो जिन्दगी’ अंकित ‘टोकन अफ लभ’ र ‘गिफ्ट ह्याम्पर’ उपलब्ध गराएका हुन् । समारोहमा अभिनेता जोशीका साथीहरुले ‘हेल्लो जिन्दगी’ को अत्याधीक सफलताको शुभकामना ब्यक्त गर्दै उनको ब्यक्तित्व, अभिनय कला र सहयोगी भावनाको चर्चा गरेका थिए ।

युके बस्दै आएकाले समारोहमा अभिनेता जोशी र अमेरिकामा रहेकाले निर्देशक एभरेष्ट सूर्य बोहरासमेत सो समारोहमा उपस्थित हुन सकेनन् । फिल्मका तर्फबाट मुख्य सहायक निर्देशक सुदीप कुँवरले मायाको चिनो प्रदान गरेका थिए । सँगै पढेका साथीहरुसँग ‘हेल्लो जिन्दगी’ का तर्फबाट भए पनि जोडिन पाएकोमा अभिनेता जोशीले खुशी ब्यक्त गरे ।महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘हेल्लो जिन्दगी’ युके र नेपालमा खिचिएको हो । महंगो लगानीमा निर्माण भएको फिल्मको निर्मातामा हिराल जोशी र बिक्रम डि जोशी छन् ।

 

सृजना जोशी महर्जन कार्यकारी निर्माता रहेको फिल्मको सहनिर्मात्रीमा सबिता गुरुङ छिन् । फिल्ममा बिक्रम डि जोशीका साथमा प्रियंका कार्की, दीपीका प्रसाईं, विल्सन बिक्रम राई,एभरेष्ट सूर्य बोहरा,बिक्रान्त बस्नेत,सबिता गुरुङ,जानकी पन्त,धु्रव दत्त,कुमुद पन्त र सनमकुमार बैरागको अभिनय छ ।

निर्देशक बोहरा र बिक्रम डि जोशीको कथा रहेको फिल्मको लाइन प्रोड्युसरमा डि क्रिएटिभ स्टुडियो,युके र काम्मा इन्टरटेन्मेन्ट,इन्डिया छन् । केही समयमै फिल्मको पहिलो गीत सार्वजनीक गरिने जानकारी निर्देशक बोहराले दिएका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports