kumari
stcnepal

दाहालको निर्देशनमा ‘तिमिसंग छुट्टिएर’ आयो

काठमाडौं । गत साता मात्र ‘यो जीवन तिम्रो….’ बोलको गीतको भिडियो सार्वजनिक गरेका निर्देशक सुमन दाहालले माघेसंक्रान्तिको अवसर पारेर अर्को भिडियो ‘तिमिसंग छुट्टिएर’ सार्वजनिक गरेका छन् । खानी मुखलाई जुङ्गाले छेक्दैन भने झै जहाँ रहे पनि आफ्नो कर्ममा सकृय निर्देशक दाहालको निर्देशन रहेको सचेतना मुलक सर्ट फिल्म सार्वजनिक हुने तयारीमा रहेको छ ।

उनले कल्पना पाठकको शब्द, गायक, संगीतकार सिडी विजय अधिकारीको स्वरमा रहेको ‘तिमीसँग छुट्टिएर…’ गीतको भिडियो सार्वजनिक गरेका हुन् ।
निर्देशक सुमन दाहालले अमेरिकाको लेक्सिन्टन क्षेत्रमा छायाँकन गरेर त्यहींबाट यो भिडियो रिलिज गरेको बताए । गीतको भिडियोमा राजु भण्डारी र निश्मा चापागाईंको मुख्यभूमिका रहेको छ ।

वियोगान्त भावको यो गीतमा संगीत संयोजन राजु कार्कीको छ । गीतको भिडियो सम्राट क्रियसन युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

footer